नदीको बहाव बढेपछि गण्डकी र लुम्बिनी प्रदेश जोड्ने पुल निर्माण रोकियो

गत केही दिन निरन्तर वर्षा भएर कालीगण्डकी नदी बढेपछि निर्माण भइरहेको पक्की पुलको काम रोकिएको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने गरी निर्माण भइरहेको पक्की पुल नदीमा वहाव बढेपछि रोकिएको हो। तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका-१ स्याउलीबजार जोड्ने कालीगण्डकी नदीमाथि पुल निर्माण भइरहेको थियो । तर वर्षापछि आएको बाढीले पुलको पिल्लर, पानी तान्ने मेसिन डुबाएपछि काम प्रभावित भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभयो ।

“पुल निर्माणका लागि बीच भागको पिल्लर उठाउने काम हुँदै थियो, वर्षापछि नदी बढेर पिल्लर नै डुबायो,” उहाँले भन्नुभयो, “नदीले केही मेसिन समेत डुबाएको छ ।” सिग्देलका अनुसार अब पानीको बहाव घटेपछि मात्रै काम शुरु हुनेछ। असार लागेपछि झन् बढी वषर्ा हुने भएकाले त्यस अगावै बीच भागको पिल्लर सम्पन्न गर्ने गरी काम अगाडी बढाइएको थियो ।

निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर काम गरिएपनि वषर्ाका कारण काम रोकिएको सिग्देलले बताउनुभयो । सिग्देलका अनुसार तनहुँतर्फो फाउण्डेशनको काम सकिएको छ भने पाल्पातर्फो काम हुन बाँकी छ।

२१० मिटर लामो पुल निर्माणको जिम्मा काठमाडौस्थित शर्मा जेभी एण्ड युनाइटेड विर्ल्र्डसले पाएको छ । हालसम्मको पुलको ३० प्रतिशत काम सकिएको छ। पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद १५ महिना बाँकी छ । उक्त पुल तनहुँ र पाल्पा जोड्ने एकमात्र पक्की पुल हो । पुल योजना पश्चिमक्षेत्र सेक्टर नं ४ को प्रत्यक्ष निर्देशन र निरीक्षणमा पुल निर्माण कार्य भइरहेको छ ।

डबल लेन प्रविधिमा निर्माण हुने पुल रु २७ करोड लागतमा सङ्घीय सरकारको बजेटमार्फ् निर्माण हुन लागेको छ । कालीगण्डकी नदीमा पुल नहुँदा पुट्टार र स्याउलीका र्सवसाधारण पाल्पाको निस्दी गाउँपालिका हुँदै लामो दूरीबाट यात्रा गर्न बाध्य छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker