तनहुँमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले बुधबार र्सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकामा १० र भानु नगरपालिकामा २ गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।
व्यास-२ का ७७, ३० वर्षीय पुरुष, २४ वर्षीया महिला, वडा नं. ४ का २५, ११ वर्षीया महिला, ११ वर्षीय पुरुष, वडा नं. ११ का २४ वर्षीय पुरुष, वडा नं. १ का वर्षीय पुरुष, वडा नं. ६ का २० वर्षीय पुरुष, २३ वर्षीया महिला (वडा नखुलेको), भानु-३ का ४९ र भानु-११ का २६ वर्षीया पुरुष रहेका जनाइएको छ ।










