छुट्टाछुट्टै घटनामा तनहुँमा २ जनाको मृत्यु

तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका-३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।

शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ ।

उत्तर प्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा डेरामा बस्दै आएका उनी बिरामी अवस्थामा फेला परेकामा उपचारका लागि जिपी कोइराला अस्पताल लगिएकामा राति १० : ३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker