घुम्ति शिविरबाट म्याग्देले ८२५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्‍यो

भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकाले एकीकृत घुम्ति शिविर सञ्चालन गरी ८२५ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले शिविरबाटै १० जना अपाङ्ता भएका व्यक्तिलाई परिपचपत्र वितरण गरेको छ ।

गाउँपालिकाको वडा नं. ७ को स्वामीभञ्याङ्गबाट आइतबार दोश्रो चरणको एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ । शिविरको पहिलो दिन ३० जना ज्येष्ठ नागरिकलाई र २ जना अपाङ्गता भएकालाई परिचयपत्र वितरण गरिएको छ ।

अपाङ्गता परिचयपत्र प्राप्त गरेका स्वामिभञ्याङ्ग निवासी ५३ वर्षीया देउमाया भुजेलले गाउँपालिका र वडासम्म गएर सेवा लिन अर्समथ भएको अवस्थामा घरमा नै आएर परिचयपत्र पाउँदा खुशी व्यक्त गरिन् । भुजेललाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले संयुक्त रुपमा परिचयपत्र उपलब्ध गराएका थिए ।

यस्तै, स्थानीय राम बहादुर थापाले गाउँपालिकाले टोल र घरसम्म आएर नै ज्येष्ठ नागरिक परिचयपत्र सहज रुपमा उपलब्ध गराउँदा खुशी लागेको बताए । वडाकार्यलय टाढा पर्ने र वृद्धअवस्थामा हिडेर जान नसक्ने भएको हुँदा यो शिविरले धेरै ठूलो राहत दिएको बताए ।

शिविरमा महिला स्वास्थ्य सेवा अन्तर्गत महिलाहरुको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन परीक्षण एवं परामर्श सेवा उपलब्ध गराइएको छ । परिवार नियोजन परामर्श सेवा, कोभिड-१९ विरुद्धको पहिलो, दोश्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य विमा सेवा घुम्ति शिविरबाट उपलव्ध गराइएको छ ।

गाउँपालिकाले घुम्ति शिविरबाट वहिरङ्ग सेवा अन्तर्गत विरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिएको छ । प्रयोगशाला सेवा अन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमुना संकलन, औलोरोगको परीक्षण लगायतका सेवा उपलब्ध गराइएको छ ।

जन्म, मृत्यृ, वसाइसराइ एवं सम्वन्ध विच्छेदका दर्ताका साथै प्रशासन शाखा अर्न्तर्गत व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन तथा विभिन्न सिफारिश सेवा उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत अधिकारीले बताए ।

गाउँपालिकाले शिविरबाट विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्तर्गत गोवर परीक्षण र नतिजाको आधारमा पशुपंक्षिलाई औषधी वितरण, वाख्रा, पाठा एवं वहर वन्ध्याकरण, विरामी पशुको उपचार व्यवस्थापन, योजना शाखा अर्न्तर्गत उपभोक्तासँग योजना सम्झौता लगायतका सेवा प्रवाह गरिएको छ ।

शिविरमा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष वालकृष्ण घिमिरे प्रमुख प्रशाशकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्यहरुको सहभागिता रहेको थियो । गाउँपालिकाले कातिक ४ गतेसम्म वडा नं. ५, ६ र ७ मा घुम्ति शिविर सञ्चालन गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker