मृतकका आफन्तले दुइ दिन पछि शव बुझे, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सहमति

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको बन्दिपुर गाउँपालिका-६ धरमपानी बाक्सेमा शुक्रबार साँझ भएको जीप दुर्घटनाका मृतकका आफन्तले दुइ दिनपछि शव बुझेका छन् । दुर्घटनामा मृत्यु भएकाहरुलाई कानून बमोजिम पाउनुपर्ने राहत उपलब्ध गराउने र घाइतेको उपचार खर्च बेहोर्ने सहमति भएपछि पीडितले आइतबार साँझ शव बुझेका हुन् । सहमतिसँगै दमौली अस्पतालमा राखिएको शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ।

पीडित पक्ष, पीडक र प्रशासन प्रहरीबीच भएको त्रिपक्षीय छलफलमा सहमति जुटेपछि आफन्तजनले शव बुझेको बताइएको छ । मृतकका परिवारलाई बीमावापतको पाँच लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने र घाइतेको जीपका धनीले उपचार खर्च बेहोर्ने सम्झौता भएको छ । मृतकका परिवारलाई काजकिरीया बापत ५० हजार रुपैयाँका दरले आइतबारै प्रदान गरी बाँकी चार लाख ५० हजार रुपैयाँ २५ दिनभित्र बुझाउने सहमतिअनुरुप आफन्तजनले शव बुझेका हुन् ।

बन्दिपुर-६ का ५३ वर्षीय हरि न्यौपाने र ४८ वर्षीया सुशीलादेवी न्यौपानेबाहेक अन्यको शव आफन्तले बुझेको स्थानीय सिद्धान्त थापामगरले जानकारी दिए । मृतक न्यौपानेद्वय श्रीमान्-श्रीमती हुन् । निजका छोरा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले छोरा आएपछि शव बुझने बताइएको छ ।

दुर्घटनामा परी मृत्यु भएका सोही स्थानका २४ वर्षीय रोशन गुरुङ, नौ महिनाकी आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बिमाया गुरुङको शव आइतबार साँझ परिवारले बुझी लगेका छन् । साराङघाटबाट बन्दिपुरतर्फ जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप बन्दिपुर-६ धरमपानीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते भएका अन्य आठमध्ये दुइ जना डिस्चार्च भई घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । अन्यको भरतपुर शिक्षण अस्पताल चितवनमा उपचार भइरहेको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker