व्यास-१ स्थित निर्मल माविको वार्षिकोत्सव सम्पन्न
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास-१ स्थित निर्मल माध्यमिक विद्यालयले ५२औं वार्षिकोत्सव एवं अभिभावक सम्मेलन सम्पन्न गरेको छ । व्यास-१ का वडाअध्यक्ष खरसिं दरैले वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै समयानुकूल प्राविधिक र सीपमुलक शिक्षाका लागि विद्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तम बहादुर दरैको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए । यस्तै, कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल पन्थ, विद्यार्थी प्रतिनिधीहरु पूजन रानाभाट, आर्यन न्यौपाने, आइसा पन्थ, पूर्व विद्यार्थी निर्दोस भट्टराइ, अभिभावकको तर्फबाट सम्झना परियार, शिक्षकहरुको तर्फबाट महेन्द्र न्यौपाने, शिक्षक अभिभावक संघका अध्यक्ष सिर्जना तिवारी, वडा सदस्या चुडामणी दाहाल, पूर्व प्र.अ. कृष्णराज वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यस्तै, सो अवसरमा विद्यालयमा विभिन्न विधामा छात्रवृत्ति एवं पुरस्कार, पाठ्यपुस्तकको रकम वितरण गरिएको थियो भने विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको शिक्षक लोकराज सेर्ढाईले जानकारी गराए ।










