समन्वय समितिमा उम्मेदवार हुन इच्छुकसंग निवेदन माग

भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस तनहुँले जिल्ला समन्वय समितिमा उम्मेदवार हुन इच्छुकसँग निवेदन माग गरेको छ । पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा सोमबार बसेको बैठकले समन्वय समितिमा उम्मेदवार हुन इच्छुकसँग जेठ ९ गतेभित्र निवेदनका लागि सूचित गर्ने निर्णय गरेको हो ।

समन्वय समितिको निर्वाचनका लागि असार १२ गते उम्मेदवारी दर्ता र १३ गते मतदानको कार्यक्रमको कार्यतालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ ।

बैठकले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भए लगत्तै हालै सम्पन्न स्थानीय निर्वाचनको समिक्षा र विजयी जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्ने निर्णय गरेको प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।

यस्तै, बैठकले काठमाडौं, पोखरा, चितवन र नवलपुरमा पार्टीको सम्पर्क समिति गठन गर्ने निर्णय गरेको छ । पार्टीको कार्ययोजना सम्वधमा, पार्टी संगठन, उद्देश्य र रणनीति जस्ता बुदामा समेटिएको चार वर्षीय कार्ययोजना स्वीकृत गरिएको वाग्लेले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker