गोविन्दराज जोशीको कारवाही फिर्ता गर्न माग
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाली कांग्रेस भानु नगर कार्य समितिले नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले गरेको कारवाही फिर्ताको माग गरेको छ । जोशी माथि नेपाली कांग्रेस केन्द्रीय कार्य समितिले साधरण सदस्यता समेत नरहने गरी कारबाही गरेको थियो ।
भानु नगरका सभापति रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जोशीमाथिको कारवाही फिर्ता गर्न माग गरेको हो । भानुमा रहेका १३ वटै वडाबाट जोशीमाथिको कारवाही फिर्ता लिन दबाब आएको बताइएको छ ।
बैठकमा कारबाहीको कारणले तनहुँ जिल्ला नेपाली कांग्रेसलाई नै क्षति पुग्ने देखिएकोले फिर्ता गर्न भानुका कार्यकताको भनेकोले गरे बमोजिम सर्वसम्मत फिर्ताको माग गरिएको थियो ।
बैठकले गोविन्दराज जोशी सहितका कार्यकर्ता असन्तुष्ट भई पार्टीभन्दा बाहिर बसिरहनु भएकोले कार्यकर्ताहरुलाई पनि समन्वय गरी नेता जोशीको कारबाही फिर्ता गर्नको लागि नेपाली कांग्रेस तनहुँको प्रदेश, क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समिति तनहुँलाई आवश्यक प्रक्रिया अगाडी बढाउन सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।
गत प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध बागी उम्मेदवारी दिएपछि केन्द्रीय समितिले जोशीलाई कारवाही गरेको थियो। त्यसयता जोशीले स्वतन्त्र रुपमा आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् ।










