प्रेस चौतारी तनहुँको मिडिया डेक्स सञ्चालन : एक पालिका तीन पत्रकार परिचालन

भञ्ज्याङ न्यूज

प्रेस चौतारी नेपाल, तनहुँले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी मिडिया डेक्स स्थापना गरेको छ । प्रेस चौतारी तनहुँको मंगलबार बसेको बैठकले जिल्लाका १० वटै पालिकाको चुनावी गतिविधिलाई समेट्ने गरी मिडिया डेक्स स्थापना गरेको जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ विविले बताए । देश नै स्थानीय निर्वाचनमा होमिएको सन्दर्भमा जनतालाई सुसुचित बनाउनका लागि मिडिया डेक्स स्थापना गरिएको शाखा अध्यक्ष विविले बताए ।

मिडियो डेक्सको शुभारम्भ गर्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य एकवहादुर रानाले स्थानीय निर्वाचनमा पार्टीबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको समाचार सम्प्रेशण तथा प्रचार प्रसारमा मिडिया डेक्सले महत्वपूर्ण भूमिका खेल्ले विश्वास व्यक्त गरे ।

बैठकमा नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदीपराज अधिकारीले निर्वाचनमा जनतालाई स्वतन्त्र र निष्पक्ष भएर समाचार संकलन तथा प्रसारण गर्न आग्रह गरे । पत्रकार राज्यको चौथो अंग भएको हुनाले यसको समाजलाई सूसुचित बनाउने महत्वपूर्ण भूमिका भएको हुँदा यस तर्फसचेत रहन पनि आग्रह गरे ।

वैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराइ, निर्वाचन आयोगका सदस्य नारायण खड्का, गण्डकी प्रदेश कमिटीका सदस्य राजन उपाध्याय लगायतले निर्वाचनका सूचना तथा समाचारलाई प्रभावकारी रुपमा प्रचार प्रसार गर्न सबै सञ्चारकर्मीलाई आग्रह गरेका थिए।

यस्तै, बैठकले जिल्लामा भएका पत्रकारहरुलाई एक पालिका तीन पत्रकारका हिसावले जिम्मेवारी तोकेको छ । व्यास नगरपालिकामा कृष्ण न्यौपाने, प्रकाशचन्द्र भट्टराइ, सम्झना रसाइली, शुक्लागण्डकी नगरपालिकामा राजन उपाध्याय, राजकुमार श्रेष्ठ विवि, किरण श्रेष्ठ, भिमाद नगरपालिकामा प्रेम प्रसाद पौडेल, धुव्रराज सुवेदी र किरण श्रेष्ठ, भानु नगरपालिकामा नारायण खड्का, किरण श्रेष्ठ र शर्मिला विक, म्याग्दे गाउँपालिकामा राजकुमार श्रेष्ठ विवि, सविन लामिछाने र मदन तिमल्सेनालाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, घिरिङ गाँउपालिकामा अन्जन परियार, ऋषिकान्त दुवाडी र धुव्रराज सुवेदी, ऋषिङ गाँउपालिकामा ऋषिकान्त दुवाडी, अन्जन परियार र सविन लामिछाने, देवघाट गाउँपालिकमा चित्र बहादुर गुरुङ, करिश्मा गुरुङ र प्रकाशचन्द्र भट्टराइ, बन्दिपुर गाउँपालिकामा सागर गिरी, कृष्ण न्यौपाने र सुनिता आचार्य, आँबुखैरेनी गाउँपालिकामा चित्र बहादुर गुरुङ, सागर गिरी र नारायण खड्कालाई जिम्मेवारी तोकिएको छ ।

पालिकामा तोकिएका पत्रकारले निर्वाचन केन्द्रित गतिविधिलाई समाचार संकलन तथा प्रकाशन, प्रशारण गर्ने भएका छन् । यस्तै, बैठकले प्रेस चौतारी नेपाल तनहुँको कोषाध्यक्षमा सविन लामिछाने, कार्यसमिति सदस्यहरुमा आश्विन किशोर श्रेष्ठ र सुदिप पौडेललाई मनोनित गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker