आठौं छपेली कपको खुल्ला तर्फ शिद्ध गुफा र भेट्रान्स तर्फ झापुटार युवा क्लब विजयी
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१, छापमा सञ्चालित आठौं छपेली कपको खुल्ला तर्फ उपाधि शिद्धगुफा युवा क्लबले र भेट्रान्स तर्फ उपाधि झापुटार युवा क्लबले विजयी भएका छन् ।
छपेली साँस्कृतिक युवा क्लबले स्व. सुक बहादुर कपालीको स्मृतिमा बन्दिपुर-१ छाप स्थित खेलमैदानमा आठौं छपेली कप खुल्ला सेभेन ए साइड नकआउट तथा भेट्रान्स फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।
आइतबार भएको छपेली साँस्कृतिक युवा क्लब ‘सी’ र शिद्ध गुफा युवा क्लब बीच भएको खुल्ला तर्फ फाइनल खेलमा खेल अवधिभर १-१ गोल गरी बराबरी भएको थियो ।
ट्राइब्रेकरमा पुग्दा शिद्ध गुफा युवा क्लब विजयी बनेका हो भने छपेली साँस्कृतिक युवा क्लब सी उपविजेता बनेको छ ।
यस्तै, भेट्रान्स तर्फ फाइनल खेलमा झापुटार युवा क्लबले सामना युवा क्लबलाई ३-० को गोल अन्तरले हराउदै झापुटार युवा क्लब बिजेता र सामना युवा क्लब उपविजेता बनेको छ ।
प्रतियोगिताको खुल्ला तर्फ विजेता भएको शिद्ध गुफा युवा क्लबलाई पुरस्कार स्वरुप नगद १ लाख ११ हजार १११ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र र द्वितीय भएको छपेली साँस्कृतिक युवा क्लब सीलाई नगद ५५ हजार ५५५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक छपेली साँस्कृतिक युवा क्लबका अध्यक्ष विजय रानाले बताए ।
यस्तै, भेट्रान्स तर्फ (३० वर्ष भन्दा माथि)को खेलमा विजेता भएको झापुटार युवा क्लबलाई पुरस्कार स्वरुप भेडा सहित मेडल र प्रमाणपत्र र उपविजेता भएको सामना युवा क्लबलाई पुरस्कार स्वरुप बोका सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवले जनाएको छ ।
दुबै खेल तर्फा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, र्सवाधिक गोलकर्ता र अनुशासित टिमलाई समेत क्लवले पुरस्कृत गरेको छ ।