आँबुखैरेनीमा पढ्दै, कमाउँदै : विद्यार्थीले पालेका कुखुरा बिक्रीवितरण सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रम अन्तर्गत पालन गरेको कुखुरा बिक्रीवितरण गर्न सुरु गरिएको छ । विद्यार्थीले पालेको कुखुरा विद्यालयले गाउँपालिकाले सञ्चालन गरेको शुक्रबारे हाटबजारबाट बिक्रीवतरण सुरु गरेको हो ।

एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिका कार्यालयले पाँच लाख रुपैयाँ अनुदान प्रदान गरेपछि विद्यालयमा विद्यार्थीहरुले स्थानीय जातका कुखुरापालन गरेका थिए । गाउँपालिकाबाट प्राप्त भएको उक्त अनुदान रकमबाट विद्यालय भवन मर्मतसम्भार, विद्यालय कम्पाउण्ड, दाना र चल्ला खरिदमा खर्च गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यमान सिंह गुरुङले जानकारी दिनुभयो ।

सुरुमा कुखुराका चल्ला र दाना खरिदमा करिब एक लाख ३५ हजार रुपैयाँ खर्च भएको छ। खर्च कटाएर ३० देखि ४० हजारसम्म मुनाफा लिन सकिने योजना रहेको उहाँले बताउनुभयो। “विद्यालयमा हाल १२५ विद्यार्थी अध्ययनरत छन्”, उहाँले भन्नुभयो, “कक्षा ९ र १० का ४१ विद्यार्थीर्मध्ये करिब २० जना विद्यार्थी कुखुरापालनमा सक्रिय छन् ।”

गाउँपालिकाबाट प्राप्त अनुदानलाई आयमूलक क्षेत्रमा लगानी गरी कोष वृद्धि गर्दै जाने योजना छ । हप्तामा एक दिन विद्यार्थीको पालो आउने गरी कार्यविभाजन गरिएको छ । यस विद्यालयबाट एसइइ पास गरेर अन्य विद्यालय जाँदा प्राविधिक धार र व्यावसायिक धारमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आधारभूत तहबाट प्राविधिक र व्यावसायिक शिक्षा प्रदान गरेको हो ।

गत असारको ६ गते दुइ सयवटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र तीन महिनामै बिक्री गर्न लायक भएको प्रअ गुरुङले बताउनुभयो। “६० वटा जति कुखुरा बिक्री गरिसकिएको छ”, उहाँले भन्नुभयो, “भाले प्रतिगोटा रु आठ सय र पोथी रु सात सयमा बिक्री गर्ने गरिएको छ ।”

विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको सो विद्यालयले जनाएको छ । कुखुरापालनबाट आएको मुनाफाबाट केही रकम विद्यालयका लागि र विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम प्रदान गर्ने योजना रहेको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिनुभयो । विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फआकषिर्त गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रम अर्न्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker