प्रेसमाथिको दमन स्वीकार्य नभएको भन्दै तनहुँका पत्रकारद्वारा हस्ताक्षर संकलन

दमौली : प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध नेपाल सरकारको पछिल्लो कदम तत्काल सच्चिनु पर्ने माग राख्दै तनहुँका पत्रकारले हस्ताक्षर संकलन गरी विरोध जनाएका छन् ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा आयोजित कोण सभामा बोल्दै तनहुँका पत्रकारहरुले वर्तमान सरकारले निजी संचारमाध्यममाथि लगाएको अंकुश कुनै पनि अवस्थामा मान्य नहुने बताएका हुन् ।

मुलुकको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता विपरितको कार्यमा स्वयं वर्तमान सरकार अग्रसर रहेको प्रति पत्रकारहरुले विरोध जनाएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाएर राज्यले आफ्नो निरंकुश सत्ता टिकाउने योजना बनाएको अनुभूति भएको नेपाल पत्रकार महासंघ तनहुँ शाखा निवर्तमान अध्यक्ष उज्वल पौडेल र पूर्व अध्यक्ष डम्बर अधिकारीले बताए ।

राजाको कालखण्डमा समेत नगरेको दमन अहिलेको सरकारले गरेकोप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले कडा आन्दोलनको कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिइएको छ ।

वर्तमान सरकारले निजी संचारमाध्यममाथि लगाएको हस्तक्षेपको विरुद्ध अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गराउन आवश्यक रहेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले बताए ।

हस्ताक्षर संकलन कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष ओमकार आचार्य, महासंघ तनहुँ शाखा सल्लाहकार नारायण खड्का, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश सचिव सन्त नेपाली, प्रेस चौतारी तनहुँका अध्यक्ष विवि श्रेष्ठ लगायतका पत्रकारको उपस्थिती रहेको थियो ।

पत्रकार महासंघ तनहुँका कोषाध्यक्ष पूर्ण विकेले सहजिकरण गरेको कोण सभापछिको हस्ताक्षर संकलन कार्यक्रममा तनहुँका पत्रकारहरुले हस्ताक्षर गरी सरकारको कदम सच्चिनु पर्नेमा जोड दिएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker