स्कुटरको ठक्करबाट दमौलीको तालघरेमा एक महिलाको मृत्यु, पहिचान खुलेन

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १ तालघरेमा विहीबार बेलुकी करीब ८:३० बजेको समयमा स्कुटरले ठक्कर दिदा एक महिलाको मृत्युु भएको छ ।
घाँसीकुवा तर्फबाट दमौली तर्फ आउदै गरेको हालसम्म नं. नखुलेको स्कुटरले पैदल यात्री एकिन नामथर वतन नखुलेको बर्ष ५०/५५ की महिलालाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएकी निज महिलाको उपचारको लागि दमौली अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्युु भएको तनहुँ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको र ठक्कर दिने स्कुटरको खोजी भैरहेको छ ।

साथै मृतकको हालसम्म कही कतैबाट सनाखत हुन नसकेको हुँदा निम्न हुलिया भएको फोटोको आधारमा निज महिलालाई चिन्नुहुने व्यक्तीहरुले यस कार्यालयमा उपस्थित हुन वा ९८५६०९०१७८ मा फोन सम्पर्क गरी जानकारी दिनुहुन जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।










