म्याग्देका २१ वटा सामुदायिक वन समुहको लगानि विपन्नमुखी कार्यक्रममा

भञ्ज्याङ समाचारदाता/म्याग्दे

डिभिजन वन कार्यालय तनहुँ अन्तर्गत सव डिभिजन वन कार्यालय म्याग्दे गुणादीका वडा नं १ देखि वडा नं. ४ सम्म रहेका सामुदायिक वन उपभोक्ता समुहहरुको अन्तरक्रिया गरिएको छ ।

सव डिभिजन वन कार्यालय म्याग्दे गुणादीले ४ वटा वडाका २१ वटा सामुदायिक वनका उपभोक्ता समुहका पदाधिकारी प्रतिनिधिहरु अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागितामा शनिबार अन्तरक्रिया गरेको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा तनहुँका डिभिजन वन अधिकृत कोमल राज काफ्लेले सामुदायिक वन उपभोक्ता समुहले कार्ययोजना अनुसार अब वनमा रहेका बाक्ला रुख विरुवा र बुढा पुराना रुख विरुवा कटानी गरी बढी भन्दा बढी काठ उत्पादन गर्न तर्फ ध्यान दिनुपर्ने बताए ।

सामुदायिक वन जग्गाको अधिकार नेपाल सरकारमा भएपनि वन क्षेत्रमा जति धेरै काठ दाउरा उत्पादन गरेपनि सम्पूर्ण समुहको अधिकार हुने बताउँदै उनले सामुदायिक वनका पदाधिकारीहरु वन व्यवस्थापनमा सक्रिय हुन जोड दिए ।

वनमा रहेका श्रोत साधन प्रयोग गरी पुनःउत्पादन हुने प्राकृतिक स्रोतलाई आर्थिक रुपमा उत्पादनमुलक बनाउन समुहलाई आग्रह गर्दै डिभिजन वन अधिकृत काफ्लेले सामुदायिक वन उपभोक्ता समुह उद्यम विकास तर्फ अग्रसर हुन आग्रह गरे ।

उक्त कार्यक्रममा अधिकांश वन उपभोक्ता समुहका अध्यक्षहरुले वनको वर्तमान निती नियममा रहि समुहले वनको संरक्षण सम्वर्द्धन गर्दै आएको बताएका थिए । सामुदायिक वनका माध्यमबाट गरिव विपन्न वर्गको जिविकोपार्जनमा उल्लेखनीय कार्य गर्दै आएको सामुदायिक वनका पदाधिकारीहरुले बताएका थिए ।

म्याग्दे सव डिभिजन वन कार्यालय अन्तर्गतका विभिन्न समुहहरुमा उत्पादनमुखी र जिविकोपार्जन सहयोग कार्यक्रम संचालन भई रहेका छ । समुहले २५ प्रतिशत आम्दानी वन विकासका कार्यमा खर्च गर्नु पर्ने र बाँकी रकमको आधा जिविकोपार्जन महिला सशक्तिकरण उद्यम विकासमा खर्च गर्नुपर्ने र बाँकी रकम समुहको हितका नामामा सामाजिक विकासमा लगाउनु पर्ने प्रावधान रहेको वन अधिकृत कृष्ण प्रसाद भट्टले बताए ।

अन्तरक्रिया कार्यक्रममा भिरपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष तारा रानाभाटले वन समुहले विपन्न घरधुरीलाई प्रति घर दश हजारका दरले बाख्रा पालनमा सहयोग गरेको जानकारी गराए । वारही समुहका अध्यक्ष मुक्तिनाथ खनालले विपन्न ३० घरलाई ३६ रोपनी खेत वन्धकी राखेर धान खेती गर्न दिएको बताए ।

पोसेली सा वन उ स म्याग्दे १ ले विपन्न १५ घरलाई दुइ लाख लगानी गरेको छ भने श्रीडाँडा समुहले एक लाख सुगुर वंगुर पालन गर्न विपन्नलाई दिएको छ । उमाचोक समुहले अपाङ्ग अशक्तलाई खर्च व्यवस्था गरेको, म्याग्देका समुहहरुले आम्दानीको धेरै रकम विपन्न वर्गका लागि जिविकोपार्जनमा सहयोग गरेको बताइएको छ ।

कार्यक्रममा वन कार्ययोजना अनुसार प्रभावकारी कार्यक्रम संचालन गर्न आई परका वाधा समस्या र समाधानका उपायहरु वारे छलफल गरिएको थियो । कार्यक्रममा वन अधिकृत भट्टले वन निती वन ऐन २०७६ र वन नियमावली २०७९ मा भएका समुहले पालन गर्नुपर्ने निती नियम को वारेमा सहजिकरण गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker