दमौली बजार इकाईमा नयाँ कार्यसमिति चयन

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको १२औं अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । इकाइको सभापति पदमा सुकनारायण मल्ल सर्वसम्मत चयन भएका छन् । इकाईको सभापतिसँगै सदस्यहरु पनि सर्वसम्वत चयन भएका छन् ।
इकाईको सदस्यहरुमा अनिलकुमार श्रेष्ठ, अनुप दाहाल, अर्जुन पौडेल, बलराम वाग्ले, बीरबहादुर नेपाली, बिष्णुकुमार कायस्थ, चिजकुमार श्रेष्ठ, नारायण सापकोटा, पोष्टमान श्रेष्ठ, रबि भुजेल, प्रकाश श्रेष्ठ, संगम घर्ती, ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी सर्वसम्मत चयन भएको बताइएको छ ।
यस्तै, इकाइको जिल्ला प्रतिनिधि, उपसभापति र कोषाध्यक्षमा भने निर्वाचन भएको थियो । सर्वसम्मत नभएका पदमा आइतबार भएको निर्वाचनबाट उपसभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन् । आइतबार राति सकिएको मतगणना अनुसार २३० मत प्राप्त गरी श्रेष्ठ उपसभापतिमा विजयी भएका हुन् । उपसभापतिका प्रतिस्पर्धी राजेन मियाँले ११० र इन्द्रलाल श्रेष्ठले १०४ मत प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा नारायण मल्ल निर्वाचित भएका छन् । उनले २०२ मत प्राप्त गरे । प्रतिस्पर्धी युवराज भण्डारीले १३६ र हर्षमान श्रेष्ठले ९४ मत प्राप्त गरेका थिए । त्यस्तै १४ जना सदस्य पनि र्सवसम्मत निर्वाचित भएका छन् । इकाईको सदस्यहरुमा अनिलकुमार श्रेष्ठ, अनुप दाहाल, अर्जुन पौडेल, बलराम वाग्ले, बीरबहादुर नेपाली, बिष्णुकुमार कायस्थ, चिजकुमार श्रेष्ठ, नारायण सापकोटा, पोष्टमान श्रेष्ठ, रबि भुजेल, प्रकाश श्रेष्ठ, संगम र्घर्ती, ठाकुर प्रसाद पौडेल र टिकाराम गिरी र्सवसम्मत चयन भएका छन् ।
दमौली बजार इकाईको जिल्ला प्रतिनिधिमा पाँच जना विजयी भएका छन् । जिल्ला प्रतिनिधिमा भरतकुमार श्रेष्ठ, किनकुमार श्रेष्ठ, एकप्रसाद श्रेष्ठ, महेश मल्ल र सलिम मियाँ विजयी भएका छन् । जिल्ला प्रतिनिधिमा दश जना प्रतिस्पर्धी थिए । उपसभापति, कोषाध्यक्ष र जिल्ला प्रतिनिधिका लागि चुनाव भएको थियो । ७६२ मतदातामध्ये ४७६ मत खसेको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker