खेत बन्धकी लिएर सामुहिक खेती
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित बाराही सामुदायिक वन उपभोक्ता समुहमा आवद्ध बिपन्न वर्गको जीविकोपार्जनका लागि खेत बन्धकीमा खरिद गरी सामुहिक खेती गर्दै । वन समुहले ८ लाख २५ हजार रुपैयाँमा ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी समुहका २५ विपन्न घरधुरीलाई सामुहिक खेती गर्न दिएको छ । यस खेतीबाट प्रति घरधुरीले करिब १० मुरी धान बार्षिक उत्पादन लिने गरेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । तस्विर : भञ्ज्याङ