सालको पातको टपरी

बन्दीपुर गाउँपालिका–६ धरमपानीका महिलाहरु सालको पातबाट टपरी बनाउँदै । ग्रामीण क्षेत्रमा धार्मिक, साँस्कृतिक तथा अन्य कार्यका लागि टपरीको प्रयोग गर्ने प्रचलन छ । पछिल्लो समय नयाँपुस्तालाई टपरी बुन्ने सीप हस्तान्तरण नहुँदा तथा प्लाष्टिकका भाडाको बढ्दो प्रयोगले टपारी बुन्ने र प्रयोग गर्ने प्रचलन हराउँदै गएको छ । तस्विर : भञ्ज्याङ










