“ग्रामीण पर्यटन भ्रमण वर्ष-२०२६” मनाउने तयारीमा बन्दीपुर

नारायण खड्का/भञ्ज्याङ

तनहुँ : बन्दीपुर भ्रमण वर्ष-२०२५ मा लक्ष्य भन्दा दोब्बर पर्यटक भित्र्याउन सफल भएको बन्दीपुरले सन् २०२६ लाई ‘ग्रामीण पर्यटन भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ ।

बन्दीपुर गाउँपालिका र बन्दीपुर पर्यटन विकास समितिले बुधबार ‘बन्दीपुर भ्रमण वर्ष-२०२५’ समापन र अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई स्वागत कार्यक्रम आयोजना गरी ‘ग्रामीण पर्यटन भ्रमण वर्ष-२०२६’ कार्यक्रम घोषणा गरिएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए।

यस कार्यक्रम अन्तर्गत बन्दीपुर लगायत छिमेकी पालिकाको गाउँघरलाई समेत समेटी सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षको रुपमा मनाउने गरी अगाडि बढेको उनले बताए । अध्यक्ष थापाले भने, ‘यस कार्यक्रमको मुख्य आकर्षण होमस्टे र्सर्किट रहने छ। सामुदायिक पर्यटनमा आधारित यस घोषणालाई मूर्तरुप दिनका लागि पर्यटन पूर्वधार विकास, पर्यटन जनशक्ती उत्पादन, रैथाने बाली तथा वातावरण संरक्षण, मौलिक कलासंस्कृति पुस्तान्तरणका साथै डिजिटल मार्केटिङका लागि योजनावद्ध तरिकाले अगाडि बढ्ने तयारीमा छौ ।’

बन्दीपुरलाई मुख्य प्रवेशद्वार बनाएर छिमेकी गाउँका संस्कार, संस्कृति, प्रकृति वा कृषि विशेषताका आधारमा कार्यक्रमलाई अगाडि बढाउने तयारी गरिएको छ । बजार क्षेत्रमा केन्द्रित रहेको पर्यटनलाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउनका लागि नेवार-गुरुङ-मगर बस्तीलाई संस्कृति र्सर्किटका रुपमा जोड्ने योजनामा गाउँपालिका छ । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि डाँडा, गुफा, भ्यू प्वाइन्टलाई जोड्न प्रकृति/हाइकिङ र्सर्किट, कोदो, फापर, कफी, मौसमी तरकारी तथा स्थानीय कृषि उपजलाई बजारीकरण गर्नका लागि कृषि-खानपान र्सर्किट जस्ता कार्यक्रमलाई प्रथामिकतामा राख्दै पर्यटकलाई “एक ठाउँ हेरेर फर्कने” होइन, बस्ने र घुम्ने आधार तयार गर्ने योजनामा गाउँपालिका छ ।

ठूला होइन, उपयोगी र आवश्यक पूर्वाधार तयार गरी पदमार्ग, सूचना केन्द्र, सरसफाई, खानेपानी, सुरक्षित शौचालय, होमस्टेमा सफा कोठा, शौचालय, आगन्तुक सुरक्षाका साथै स्थानीय सामग्री प्रयोग गरी पर्यावरणमैत्री संरचना, पूर्वाधारले गाउँको मौलिकता नमारोस्, पर्यटक गाउँसँग घुलमिल हुन सकोस् भन्ने सोचलाई विकास गर्दै लगिने भएको छ ।

पर्यटन जनशक्तिअर्न्तर्गत गाउँमै गाइड, गाउँमै उद्यम जस्ता कार्यक्रम सञ्चालन गरी पर्यटनका माध्यमबाट ग्रामीण क्षेत्रका बासिन्दालाई आर्थिक सशक्तिकरण तर्फ उन्मुख गराउने यो कार्यक्रमको मुख्य उद्देश्य रहने गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

ग्रामीण पर्यटनको आत्मा खानपान र कृषि भएकाले ग्रामीण पर्यटन वर्षलाई सफल बनाउनका स्थानीय कृषि उपज कोदो, फापर, मकै, गहुँ, स्थानीय साग-तरकारीलाई होमस्टेको मेनुमा अनिवार्य गरी ‘फार्म टु टेबल’ अनुभव लिनका लागि पर्यटक आफैंले टिप्ने, पकाउने जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ जोड्नुपर्ने पर्यटन विज्ञ एवं सम्पादा नेपालका अध्यक्ष हरिसिं गुरुङ बताउँछन् ।

ग्रामीण पर्यटनको आकर्षण भनेको मौलिक कला-संस्कृति भएकाले संस्कृति केवल मञ्चमा देखाउने कार्यक्रममा मात्र सिमित नगरी नियमित रोदी, घाँटु, कौरा, चुड्का, परम्परागत पोशाक, लोकवाद्य प्रयोग, विद्यालयस्तरबाटै संस्कृति सिकाउने कार्यक्रम, ज्येष्ठ पुस्ताबाट युवा पुस्तामा पुस्तान्तरणका कार्यक्रमलाई पनि जोड दिनुपर्ने अध्यक्ष गुरुङ बताउँछन् ।

प्रविधिको प्रयोग बढ्दै गएकाले ‘प्रचार होइन, कथा बेच्ने’ गरी डिजिटल मार्केटिङको खाँचो देखिएको छ । आजको पर्यटकले सूचना मोबाइलमै खोज्ने भएकाले एकीकृत वेबसाइट/प्लेटर्फम -होमस्टे बुकिङ, र्सर्किट जानकारी), भिडियो, रील, भ्लगमार्फत कथा-आधारित प्रचार, स्थानीय युवालाई डिजिटल कन्टेन्ट क्रियटर बनाउने, साझा हृयासट्याग जस्ता कार्यक्रमलाई जोड्न सकेमा डिजिटल प्रचारले बाहिरका मानिस मात्र होइन, स्थानीयमा पनि गर्व जगाउने हुँदा गाउँपालिको यस तर्फपनि योजना बनाउनुपर्ने देखिन्छ । सन् २०२६ को ग्रामीण पर्यटन भ्रमण वर्ष बन्दीपुरका लागि अवसर मात्र होइन, परीक्षाका रुपमा पनि रहेको छ ।

अेपक्षा गरिएभन्दा बढी पर्यटक

त्यस्तै, बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेका छन् । आन्तरिक तथा बाहृय पर्यटकको संख्या बढाउन सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको बन्दीपुरमा छ लाख ३४ हजार पर्यटक पुगेको संयोजक बैंसबहादुर गुरुङले बताए । बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक गुरुङका अनुसार यस अवधिमा एक लाख विदेशीसमेत गरी चार लाख ५३ हजार पर्यटक बन्दीपुरमा बास बसेका थिए । उनले बन्दीपुरमा वजभोज खान आउने, घुमेर फर्किने पर्यटकको संख्या करिब दुइ लाखभन्दा केही कम रहेको जानकारी दिए ।

बन्दीपुरमा सन् २०२५ र २०२६ मा गरी पाँच लाख पर्यटक बन्दीपुर भित्र्याउने योजना रहेकामा सन् २०२५ मा नै पूरा भएका स्थानीय होटल तथा पर्यटन व्यावसायी खुसी भएका छन् । ‘दुइ वर्षमा पाँच लाख ल्याउने भनेर सोचेका थियौँ, तर एक वर्षमा नै लक्ष्य पूरा भयो’, भ्रमण वर्ष संयोजक गुरुङले भने, ‘काठमाडौँबाट पोखरा, पोखराबाट चितवन वा काठमाडौँ र चितवनबाट पोखरा जाँदा, आउँदा एकपटक बन्दीपुर बसौँ भन्ने भावना बढेको पायौं ।’ आँबुखैरेनी-पोखरा सडक विस्तारको काम लगभग सकिने चरणमा पुग्दा पर्यटकलाई बन्दीपुर आउन पनि सहज भएको व्यवसायीको भनाइ छ । भ्रमण वर्षमा बन्दीपुरको प्रचारप्रसारको काम पनि राम्रो भएकाले पर्यटक बन्दीपुर आएको विश्वास उनीहरुको छ ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बन्दीपुर भ्रमण वर्षको प्रवर्द्धन तथा अन्य सहयोगमा पालिकाले सक्दो सहयोग गरेको बताए । बन्दीपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि भ्रमण वर्ष निकै र्सार्थक र फलदायी भएको थापाको भनाइ छ ।

उनले बन्दीपुरको प्राकृतिक सुन्दरता र यहाँको मौलिक कला संस्कृति हेर्न पर्यटकहरु पटकपटक आउने गरेको आफूले पाएको बताए । सामान्य खर्च गर्नसक्नेदेखि महँगो रकम तिर्नसक्ने दुवै पर्यटकका लागि बन्दीपुर उपर्युक्त गन्तव्य भएको अध्यक्ष थापाको भनाइ छ । स्थानीय टुँडिखेल, सहिद पार्क, सिद्ध गुफा, थानीमाई, खड्गमाई र विद्यवासिनी मन्दिर, मणि मुकुन्देश्वरी पदमार्ग, मिनी ग्रेटवाल, रानीवन, तीनधारा वनभोज स्थल, गुम्बा, रामकोट, कोरीखा, धरमपानी होमस्टे, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशमखेती, मौरीपालन र च्याउ उत्पादन केन्द्र बन्दीपुरका प्रमुख आकर्षण हुन् ।

नेवार, मगर, गुरुङलगायत जातजातिका सांस्कृतिक वेषभूषा र परम्परागत रीतिरिवाज पनि पर्यटकका लागि थप आकर्षा बनेका छन् । हिमालको लहर एकै फ्रेममामा देखिने भएकाले स्वदेशी तथा विदेशी पर्यटक बन्दीपुरमा रमाउने गरेका छन् । यहाँका होटल व्यवसाय तीव्र गतिमा विस्तार भइरहेको छ । होटल संघमा आबद्ध ८० भन्दाबढी होटल तथा एक दर्जन घरबास सेवा सञ्चालनमा छन् । साथै, अत्याधुनिक सेवा सुविधासहितको पाँचतारे होटल पनि सञ्चालनको अन्तिम चरणमा पुगेको छ ।

डुम्रे बजारबाट करिब आठ किलोमिटर यात्रा गरेपछि पुगिने बन्दीपुर बजारमा हाल केबलकारबाट पनि पुग्न सकिने व्यवस्था छ । ठूलढुङ्गाबाट बरालथोकसम्म सञ्चालनमा आएको केबलकार सेवाले सात मिनेटमै पर्यटकलाई बन्दीपुर पुर्‍याउने हुँदा आवागमन थप सहज भएको छ ।

पदमार्गको विकास

बसाइ पनि लम्ब्याउनु पर्ने आवश्यक रहेको बताउँदै अध्यक्ष थापाले भने, ‘अहिले बन्दीपुरमा आन्तरिक पर्यटकको बर्साई वान नाइट स्टे मात्रै रहेको छ । त्यसलाई तीन दिन पुर्‍याउने लक्ष्य सहित सन् २०२६ लाई ग्रामीण पर्यटन भ्रमण वर्षका रुपमा मनाउने गरी कार्यक्रम ल्याउने तयारी गरिएको उनले बताए ।

पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय स्थल र पदमार्गको विकास गरिएको छ । बिमलनगर-सिद्धगुफा-गुम्बा-बन्दीपुर, मुग्लिङ-लाब्दि-छिम्केश्वरी-हिलर्ेखर्क-धारगाउँ-बन्दीपुर, बन्दीपुर-रामकोट-रुम्सी-सेरेटार-बन्दीपुर पदमार्ग विकास गर्दै लगिएको छ । यी सबै पदमार्ग एक दिनको हो । छिम्केश्वरी-मनकामना, गोरखा दरबार-लिपकोट-भानुजन्मस्थान-बन्दीपुर पदमार्गको पनि विकास गरिएको छ । यो पदमार्ग दुइ दिनको हो । ‘आसपासमा पालिकाहरुको पर्यटकीय गन्तव्य र पदमार्गको विकास गरेर पर्यटकको बसाइ लम्ब्याउने हाम्रो रणनीति छ’, अध्यक्ष थापाले भने ।

बन्दीपुर नै भ्रमण किन ?

सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ भन्छन्, ‘यो जीवन्त प्राचिन सहर हो । होमस्टेको र्सर्किटको अनुभव हुन्छ । मनोरम दृश्य, उमेर अनुसारको प्याकेज, प्रकृति र संस्कृतिको खोज अनुसन्धान गर्न, पदमार्गको अनुभव गर्न, भानुभक्तको जन्मस्थल, धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागी हुन र रैथाने खानको स्वाद चाख्नलाई पनि एक पटक बन्दीपुर पुग्नै पर्छ ।’

अध्यक्ष गुरुङका अनुसार बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम पनि हो । विसं २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताले बन्दीपुर प्रसिद्ध छ । बन्दीपुर दमौलीबाट १८ किलोमिटर माथि पर्छ । दमौलीबाट डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमशृंखला देखिन्छ ।

बन्दीपुरमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको पनि रोजाइमा पर्छ । बन्दीपुरमा अमेरिका, अष्ट्रेलिया, जापान, इटाली, थाइल्याण्ड, चिन, भारत लगायत देशबाट पर्यटक आउने गरेका छन् । हालसम्म आएका पर्यटकहरू पर्याप्त नभएकाले विश्वभर प्रचार गरे पर्यटकको संख्या बढाउने तयारी रहेको उनले जानकारी दिए । ‘बन्दीपुरलाई नेपालमा मात्रै नभएर विश्वमै यसलाई चिनाउन सकिन्छ भन्ने सोचसहित हामी अगाडी बढेका छौँ । बन्दीपुरलाई पर्यटन हिसाबले विश्वभर स्थापित गराउन लागेका छौँ । यससँगै हामीले पर्यटकको रुची अनुसार प्याकेज बढाइरहेका छौँ’, उनले भने ।

वि.सं २०६८ सालबाट बन्दीपुरमा सामुदायिक होमस्टेहरूको प्रचलन आएको पाइन्छ । हाल सञ्चालनमा रहेका होमस्टेमा रैथाने उत्पादनको ब्राण्डिङ गराउन लगाइने जानकारी दिँदै उनले अगाडी भने, ‘एक होमस्टेमा एक उत्पादनको नामबाट ब्राण्डिङ गरिनेछ । मानौँ १२ वटा होमस्टे छ भने उनीहरूलाई एक/एक वटा ब्राण्डिङ गर्न दिइनेछ ।’

पर्यटकको सांग्रिलाकारुपमा बन्दीपुरलाई स्थापित गर्ने कार्य अगाडी बढाइएको समेत उनले जानकारी दिए । बन्दीपुरमा मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । तिनीहरूको लेखाजोखा राम्रोसँग हुन सकेको छैन । अद्यावधि, अभिलेखीकरण हुन सकेको छैन । तर्सथ सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण गर्ने, खोज अध्ययन, अनुसन्धान गर्ने र यसलाई अझ व्यवसाय बनाउन जुटेका छौँ’, अध्यक्ष गुरुङले भने ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker