कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई वडा कार्यालयद्वारा रातह वितरण

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी-८ नं वडा कार्यालयले कारोना भाइरस (कोभिड-१९)बाट ज्यान गुमाएका परिवारलाई २० हजारको दरले राहत रकम वितरण गरेको छ । गत बर्ष जनप्रतिनिधिहरुको लागि अध्ययन अवलोकन भ्रमण शिर्षमा छुट्याइएको बजेटबाट कोरोनाका कारण आफन्त गुमाएका परिवारलाई राहत स्वरुप उक्त रकम वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए ।

वडाबासी शोकमा रहेका बेला जनप्रतिनिधि भ्रमणमा जाने कुरा उचित नभएकाले मृतकका छोराछोरीहरुको शिक्षादिक्षामा सहयोग पुर्याउने उद्देश्यले राहत उपलब्ध गराइएको वडाध्यक्ष रेग्मीले बताए । उनले भने, ‘अवलोकन भ्रमण शिर्षकबाट १ लाख ५० हजार र पशुधन सुरक्षण कार्यक्रमबाट बचेको ५० हजार रुपैयाँ गरी दुइ लाख रुपैयाँले राहत दिइएको हो ।’

‘भ्रमण बरु अर्को बर्षगरौला, तर वडावासी शोकमा भएको बेला जनप्रतिनिधि भ्रमण जाने रमाइलो गर्ने उचित ठानेनौँ, थोरै भए पनि वडावासीको पीडामा मलम लगाउने प्रयास स्वरुप राहत हुन्छ भनेर खर्चिएका छौ’, उनले भने, ‘हिसाब किताब पनि पारदर्शी हुने भएकाले राहत रकम सम्बन्धित परिवारको खातामा हाल्दिएको र उहाँहरुको हातमा रकम परिसकेको छ ।’

यसअघि पनि कोरोनाले वडाबासीलाई शिथिल एवं त्रसित बनाएको अवस्थामा वडाध्यक्ष रेग्मीले विभिन्न रचनात्मक कार्यक्रम गर्दै संक्रमितहरुको हौसला बढाएका थिए । जनप्रतिनिधिहरुले वडास्तरमै मिनी क्वारेन्टाइन निर्माण गरी कोरोना नियन्त्रणमा भुमिका खेलेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker