५० हजार राशीको अक्षयकोष स्थापना
भञ्ज्याङ समाचारदाता/आँवु

गण्डकी गाउँपालिका-६ भुम्लोचोकको तोमनडाडाँ आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । इच्छाकामना न्युज डटकमका सम्पादक देवराज गुरुङले आफ्नो हजुरवुवा स्व. सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन् ।
गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयमा ५० हजार राशीको अक्षयकोषको स्थापना गरेका छन् । गुरुङ अक्षयकोषको रकम विद्यालयमा एक कार्यक्रमको आयोजना गरी गण्डकी-६ का वडाध्यक्ष जीवन गुरुङ मार्फत प्रध्यानाध्यापक कुल बहादुर चेपाङ र संस्थापक अध्यक्ष चन्द्र बहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् ।










