गर्मी बढेपछि आँबुखैरेनीका सबै विद्यालयमा गर्मी बिदा

आँवुखैरेनी : केही दिन यता अत्याधिक गर्मी बढेपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले दुई दिन बिदा दिएको छ । गाउँपालिकाको बुधबार बसेको बैठकले जेठ २९ र ३० गते सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
गर्मीका कारण जनजीवन प्रभावित भइरहेको, बालबालिका पठनपाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएकाले स्थानीय बिदाबाट मिलान हुने गरी विद्यालयमा पठनपाठन नगर्न भनिएको हो ।
बिदाका दिनमा आफ्ना बालबालिकालाई घाममा हिड्डुल नगर्न, नदी पोखरीमा पौडी खेल्न, माछा मार्न लगायतका कार्यमा संलग्न हुन नदिन र आवश्यक सावधानी अपनाउन सबै अभिभावकहरुलाई आग्रह गरेको छ ।