बन्दिपुरको २ वटा वडामा सोह्रसय रोपनी क्षेत्रफलमा चक्लाबन्दी

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

कृषि क्षेत्रलाई आधुनिकिकरण गर्ने अभियान अन्तरगत तनहुँको बन्दिपुर गाउँपालिकाले चक्लाबन्दी कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले दुइ वडामा गरी करिब १ हजार ६०० रोपनी जग्गा चक्लाबन्दी गरेको छ ।

वडा नं. ३ मा एक हजार रोपनी र वडा नं. १ मा ६ सय रोपनीमा चक्लाबन्दी गरेको गाउँपालिकाले जनाएको छ । कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यवसायीक तथा सामुहिक खेती तर्फ आकर्षित गर्न गाउँपालिकाले जग्गा चक्लाबन्दी कार्यलाई तीब्रता दिदै आएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए ।

‘कृषि क्षेत्रमा आधुनिकिकरण गरी उत्पादनमा बृद्धि गर्ने लक्ष्य राखिएको छ’, उनले भने, ‘यही अभियान अन्तरगत अहिले वडामा रहेका स-साना गह्रा र बारीमा गोरुले जोत्न पनि गाह्रो हुने र गोरु पाल्ने चलन पनि बिस्तारै हराउँदै जान थालेपछि जग्गा चक्लाबन्दी कार्यलाई प्राथामिकतामा राखिएको हो ।’ जग्गा चक्लाबन्दी गरिएको क्षेत्रमा जोत्न र खेती लगाउन सजिलो होस भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते टयाक्टर उपलव्ध गराइएको अध्यक्ष थापाले बताए ।

किसानको माग बमोजिम कुनै पनि किसानलाई नछुटाइकन केही समय अघि ट्याक्टर, कुटानी पिसानी मिल लगायतका ५२ थान कृषि औजर प्रदान गरिएको छ । गाउँपालिकाले १४ लाख मूल्य बराबरको आधुनिक कृषि औजारहरु किसानलाई अनुदानमा वितरण गरेको छ ।

जमिन चक्लाबन्दी गरेपछि त्यसक्षेत्रका किसानहरु उत्साहित भएर खेती गर्ने कार्यमा लागेका छन् । साना खेतबारीलाई डोजर लगाएर ठुला गह्रा बनाएपछि खेती लगाउन सजिलो हुनुका साथै आधुनिक कृषि औजर प्रयोग गरिदाँ थोरै जनशक्तिले राम्रो प्रतिफल लिन सहज हुने कृषकहरु बताउँछन् ।

चक्लाबन्दी मार्फत कृषि उत्पादनमा बृद्धि गराइ खाद्यन्न बालीमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य गाउँपालिकाले लिएको छ । गाउँपालिकाले जमिन चक्लाबन्दी गर्न थालेपछि अन्य पालिकालहरुले पनि यस कार्यलाई अवलम्बन गर्न थालेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker