कोरोनाका बिरामीलाई आयुर्वेदिक कोरोना कीट

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७०० जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्करुपमा किट वितरण गरेको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिनुभयो । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको उहाँले बताउनुभयो ।

बिरामी लक्षण र अवस्थाअनुरुप औषधिको मात्रामा थपघट गरिन्छ । उहाँले भन्नुभयो, “उक्त औषधि सेवन गरेका बिरामीले कोरोना जित्न सफल भएका छन् ।” जिल्लामा कोरोनाको सङ्ख्या बढ्दै गएका कारण अहिले स्वास्थ्य केन्द्रमा उपचारको लागि आउने बिरामीको स्वास्थ्य परीक्षण गर्ने कार्य रोकिएको छ ।

उनीहरुको समस्याका पहिचान गरी आयुर्वेदिक औषधि प्रदान गर्न थालिएको छ । कोरोना सङ्क्रमण बढेसँगै उपचारमा आउने बिरामीको सङ्ख्या करिब ५० प्रतिशत घटेको सो कार्यालयले छ ।

कोरोना हुनुअघि दिनमा ५०–६० सम्म बिरामी आउने गरे पनि अहिले मुस्किलले १५–२० को हाराहारीमा आउने गरेका छन् । उपचारको लागि तनहुँ, गोरखा, लमजुङ र कास्कीका केही भेगका मानिस आउने गर्छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker