दमौली अस्पतालका जनरल वार्ड कोभिड कक्षमा रुपान्तरण

रासस/दमौली

तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको छ । कोरोना जोखिम बढेर संक्रमित बढ्न थालेपछि अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको हो । उक्त ठाउँमा १६ श्ययाको व्यवस्थापन भइसकेको र त्यसलाई ३० श्यया बनाउने तयारी थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो। जनरल वार्डलाई भने इमर्जेन्सी सञ्चालित भवनको तीन कोठामा स्थानान्तरण गरिएको छ । त्यहाँ सात/आठ श्यया तयारी गरिएको छ । ‘इमर्जेन्सी कक्ष नजीक स्वास्थ्यकर्मी सुत्ने र एआरटी कक्षलाई जनरल वार्ड बनाइएको छ’, अधिकारीले भन्नुभयो ।

कोभिड जोखिमका कारण अस्पतालले केही समयका लागि प्रसूतिको शल्यक्रिया गर्ने कार्य भने स्थगितको तयारी गरेको छ । ‘कोभिड संक्रमण हुने जोखिम भएकाले केही समयका लागि प्रसूतिको काम मात्रै स्थगित गर्ने सोचमा छौं, अन्य सबै काम भने सुचारु नै हुन्छ’, अधिकारीले भन्नुभयो । अस्पतालले सुत्केरी वार्डलाई प्रशासन शाखामा र प्रशासन शाखालाई जिल्ला स्वास्थ्य कार्यालयको भवनमा स्थानान्तरण गरेको छ ।

अस्पतालले सात आइसियु र चार भेन्टिलेटरसहितको श्यया यसअघि नै तयार गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर श्ययाको व्यवस्थापन गरेको हो । आइसियु र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनुनपर्ने अधिकारीले जानकारी दिनुभयो ।

अस्पताल परिसरमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया पनि शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ७५ लाख बजेट उपलब्ध गराएको छ । उक्त प्लान्ट निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता भइसकेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker