गुणादीमा दुर्घटनाः चालक सहित ३ जना घाइते

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा शनिबार बिहान भएको दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् ।

पोखराबाट दमौली तर्फ आउदै गरेको ना५ख ५३५९ नम्बरको बस रोकी राखेको अवस्थामा सोही दिशाबाट आउदै गरेको बाग्मती B AC 5740 नम्बरको कार बसको पछाडीको भागमा ठोक्किइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा कार चालक जिल्ला कास्की पोखरा महानगरपालिका–२५ बस्ने बर्ष ३१ का बिकाश त्रिपाठी, कारमा सवार पोखरा–१६ बस्ने बर्ष ३२ का बिकास बानियाँ र पोखरा–१९ बस्ने बर्ष ३१ को संजिप भण्डारी घाईते भएको प्रहरीले बताएको छ।

घाइतेहरुको दमौली स्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker