त्रिभवन आर्मीका कार्कीले जिते तेश्रो ऋषिङ अल्ट्रा म्याराथनको उपाधि

भञ्ज्याङन्यूज

तनहुँको ऋषिङ गाउँपालिकाले आयोजना गरेको तेश्रो ऋषिङ अल्ट्रा म्याराथन-२०८० को उपाधी त्रिभवन आर्मीका गोविन्द कार्कीले जितेका छन् । ४२.२ किलोमिटर दुरीको अल्ट्रा म्याराथन २ घण्टा ५९ मिनेट ४० सेकेण्डमा पुरा गर्दै कार्कीले उपाधी आफ्नो कब्जामा पारेका हुन् ।

ऋषिङ गाउँपालिका-५ धारुङ भञ्ज्याङदेखि ऋषिङ गाउँपालिका-३ दुबुङकोटसम्मको ४२.२ किमी दूरी ३ घण्टा ४६ सेकेण्डमा पुरा गर्दै त्रिभुवन आर्मी क्लवकै गोपाल तामाङ द्धितीय भएका छन् भने त्रिभवन आर्मी क्लवकै तिलक बहादुर सुनुवारले उक्त दुरी ३ घण्टा ३ मिनेट १२ सेकेण्डमा पार गर्दै तृतीय भएका छन् ।

यस्तै, उक्त दुरी काठमाडौंका करण रावलले ३ घण्टा ८ मिनेट २९ सेकेण्ड, बैतडीका मोहनदेव जोशीले ३ घण्टा ९ मिनेट २१ सेकेण्ड, त्रिभुवन आर्मी क्लवका जुनेस खड्काले ३ खण्डा ९ मिनेट ३४ सेकेण्ड र एपीएफका निरोज भट्टले ३ घण्टा ५४ मिनेड ३९ सेकेण्डमा पुरा गरी सान्त्वना स्थान प्राप्त गरेका छन् ।

उक्त म्याराथन प्रतियोगितका प्रथमलाई ६५ हजार रुपैयाँ, द्वितीयलाई ४० हजार रुपैयाँ, तृतीयलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए ।

५७ जना धावकको सहभाष्तिा रहेको प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । गाउँपालिकाले राष्ट्रिय एकता दिवस पुस २७ गतेका दिन अल्ट्रा म्याराथन प्रतियोगिता गर्दै आएको छ ।

गाउँपालिकाको धारुङ भञ्ज्याङदेखि सुरु भई ऋषिङ प्रवेशद्वार, रानीपोखरी, गाउँपालिका-७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरसम्म म्याराथन प्रतियोगिताको दुरी कायम गरिएको छ ।

खेलमार्फत ऐतिहासिक एवं पर्यटकीय हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान भएकाले पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यसहित अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker