व्यासको कुलुङ्गमा सञ्चालित स्वास्थ्य शिविरमा ३०५ जनाको स्वास्थ्य परीक्षण

भञ्ज्याङ न्यूज

रोटरी क्लब अफ दमौली र व्यास नगरपालिकाको सहकार्यमा तनहुँको व्यास नगरपालिका-१४ माझथर कुलुङ्गमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

जीपी कोइराला राष्ट्रिय श्वास प्रस्वास उपचार केन्द्र, शुक्लागण्डकी, रत्नहरी मेमोरियल अस्पताल र दमौली अस्पतालको प्राविधिक सहयोगमा रोटरीले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उक्त शिविरबाट स्थानीय कुलुङ्ग, केशवटार, ठिन, रामकोट लागयतका क्षेत्रका करिब ३०५ जना लाभान्वित भएका छन् ।

शिविरमा पेट, छाती, मुटु, प्रेसर, सुगर, थाइराइड विषेशज्ञ, हाडजोर्नी तथा नशा रोग विषेशज्ञ, स्त्री तथा प्रसुती रोग विषेशज्ञ, जनरल र्सजरी, बाल रोग बिषेशज्ञद्वारा स्वास्थ्य सेवा प्रदान गरिएको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।

उक्त शिविरमा निःशुल्क भिडियो एक्स-रे सेवा, रगतबाट सुगर तथा ब्लड ग्रुप परिक्षण गरिएको थियो भने परिक्षण गरेअनुसार सबै खालका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।

शिविरमा १०७ जनाको भिडियो एक्स-रे गरिएको शिविरमा सहभागि चिकित्सक डा. रामकुमार श्रेष्ठले बताए । भिडियो एक्सरे गर्दा धेरै बिरामीमा पत्थरीको समस्या देखिएको हुँदा पित्त थैलीमा पत्थरी देखिएका बिरामीहरुलाई जीपी कोइरालाबाट निःशुल्क अपरेशन लगायतका सेवा प्रदान गरिने डा. श्रेष्ठले बताए ।

त्यस्तै ल्याव परिक्षणका क्रममा सुगरको समस्या पनि अधिक देखिएको छ । पर्याप्त रुपमा शुद्ध पानी पिउनाले र जीवनशैलीमा केही परिवर्तन ल्याउने हो भने पत्थरी, सुगर, प्रेसर लगायतका समस्याबाट मुक्ति पाउन सकिने भन्दै डा. श्रेष्ठले जीवनशैलीमा ध्यान पुर्‍याउन सबैलाई आग्रह गरे । शिविरमा ४ वर्षीया बालिकादेखि ८६ वर्षीया वृद्धसम्मको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आफुमा भएका समस्या नलुकाई विशेषज्ञहरु समक्ष राख्न सबैलाई आग्रह गरे । नगरपालिकाले पनि महिला, बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य प्रति संवेदनशील रहेको चर्चा गर्दै न्यौपानेले वडा-वडामा स्वास्थ्य परिक्षणका योजना बनाएको जानकारी गराए ।

कार्यक्रममा व्यास-१४ का वडाध्यक्ष काशीमान श्रेष्ठले सबै नागरिकलाई र्सवशुलभ र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आफु सचेत रहेको बताए । कुलङ्ग भौगोलिक दृष्टिकोणले अलि कोल्टो पर्ने भएकाले त्यहाँका नागरिकले स्वास्थ्य सेवा लिन टाढा धाउनुपर्ने बाध्यता रही आएकोमा त्यसको सहज व्यवस्थापन गर्न आफु लागिपरेको बताए ।

हरेक वर्ष दुर्गम ठाउँमा स्वास्थ्य शिविर आयोजना गर्ने कार्यक्रम अनुसार रोटरी क्लब अफ दमौलीले स्थानीयको आवश्यता अनुसार कुलुङ्गमा स्वास्थ्य शिविर आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर भण्डारीले बताए ।

क्लबका अध्यक्ष दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित शिविर शुभारम्भका अवसरमा क्लवका पूर्व अध्यक्ष देबकुमार श्रेष्ठ, हरिसिंह गुरुङ, व्यास नगरपालिकाको कार्यपालिका सदस्य नरिमाया थापा, डा. रामकुमार श्रेष्ठ, इनरहृविल क्लब अफ दमौलीका अध्यक्ष मञ्जु थापा, रोटरीका सहसचिव देवराज अधिकारी, छाब्दी बराही युवा क्लबका अध्यक्ष चुडामणि थापा लगायतले स्वास्थ्य क्षेत्रमा क्लवले खेलेको भूमिका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker