तनहुँमा २६ जना कोरोना संक्रमित थपिए, जिल्लामा सक्रिय संक्रमितको संख्या १७५

  • भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँमा आज मात्रै २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा भिमाद नगरपालिका ४ जना, व्यास नगरपालिकामा ११ जना, बन्दिपुर गाउँपालिकामा ४ जना र शुक्लागण्डकी नगरपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा तनहुँका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन् ।

सार्वजनिक विवरणमा शुक्लागण्डकी वडा नं. ५ का २६, २१, ३८ बर्षीय पुरुष, वडा नं. ७ का ८ बर्षीया बालिका र ४३ पुरुष, वडा नं. ४ का ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै वडा नं. ७ की ४३ वर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

त्यस्तै, भिमाद नगरपालिका वडा नं. ६ का ३५, ३२ र ५० बर्षीया महिला र १७ बर्षीय पुरुष, बन्दिपुर-१ का ३० र ३३ वर्षीया महिला, ४६ र ३० वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

व्यास नगरपालिका-६ का ३५, २१, ५० वर्षका महिला र १७ वर्षका पुरुष, वडा नं. १० का ३१ वर्षका पुरुष, वडा नं. १ का २७, १५, १३ वर्षका पुरुष र २६ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

यस्तै, व्यास-४ का ३६ वर्षका पुरुष र २५ वर्षकी महिला, वडा नं. ३ का ४० वर्षीय पुरुष, वडा नं. २ का ३४ वर्षीया महिला, वडा नं. १४ की २८ वर्षीया महिला र वडा नं. ८ की ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यी सहित तनहुँमा संक्रमित हुनेको संख्या ५९० पुगेको छ भने १७५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै संक्रमित मध्ये ४१० जना निको भएर घर फर्किएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker