आँबुखैरेनी गाउँपालिका : कृषि, पर्यटन प्राथमिकतामा

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँवुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्षो नीति तथा कार्यक्रममा कृषि, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमाएर गाउँ फर्किएका युवालाई कृषि पेशामा संलग्न गरी कृषि उत्पादन प्रवर्द्धनका लागि विभिन्न पकेट क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए । उक्त गाउँसभामा बाँझो जमिनमा खेती, किसानलाई बिमा तथा संकलन केन्द्रमार्फत किसानको उत्पादन सोझै बजार ल्याउने गरी कार्यक्रम घोषणा गरिएको छ । एकिकृत कृषि उत्पादन प्रणालीलाई प्राथमिकतामा राखेको छ ।

यस्तै, आव ०७८/०७९ मा गाउँपालिकाको चर्चित पर्यटकीय केन्द्र छिम्केश्वरीसम्म सडक पहुँच सहित मन्दिरको निर्माण कार्यलाई पूर्णता दिने नीति तथा कार्यक्रम गाउँपालिकाले ल्याएको छ । गाउँपालिकाले ८० कटेका ज्येष्ठ नागरिक तथा सुत्केरीलाई एम्बुलेन्स सुविधा दिने र खेलप्रेमीका लागि गाउँपालिकास्तरीय रंगशालासहित निर्माणलाई पनि जोड दिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker