कैनी मृत्यु प्रकरण : पीडित पक्षको माग सम्बोधन नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी

व्यास नगरपालिका कर्मचारी हकहित तथा सरोकार मञ्चले व्यास नगरपालिकाका इन्जिनियर स्व. प्रविण कैनीका परिवारको माग सम्बोधन गर्न आग्रह गरेको छ । मञ्चका अध्यक्ष कुमारकञ्चन जिसीले बुधबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाउँदै पीडित पक्षको माग सम्बोधनका लागि गम्भीर हुन आग्रह गरेका छन् ।

व्यास नगरपालिका-१ अम्रेनीमा गत सोमबार दिउँसो २ बजे चिनियाँ कम्पनीको पानी ट्याङ्करको लापरवाहीले इन्जिनियर कैनीको मृत्यु भएको थियो । ट्याङ्करले ब्याक गर्ने क्रममा मोटरसाइकलमा सवार कैनीको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिनदेखि पीडित पक्ष उचित क्षतिपूर्ति र दोषीलाई कारवाहीको माग गर्दै आन्दोलित छन् ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा नगरपालिकामा कार्यरत लगनशील प्राविधिक जनशक्तिको क्षतिले समग्र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको जनाइएको छ । कार्यालयको कामको सिलसिलामा कर्तव्य निर्वाह गर्ने क्रममा दुर्घटनाबाट भएको मृत्युले मर्माहत भएको भन्दै ज्ञापनपत्रमा भनिएको छ, ‘निजको मृत्यु भएको लामो समयसम्म पनि सम्बन्धित निकायबाट पीडित पक्षको मागको उचित व्यवस्था नगरिएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

हालसम्म मृतकको दाहसंस्कार नगरिएको र निजको परिवारको दयनीय अवस्था रहेकाले सम्पूर्ण परिवारको जिम्मेवारी निजमाथि नै रहेको ज्ञापनपत्रमा भनिएको छ। तत्काल पीडित पक्षको माग सम्बोधन नभएमा थप सशक्त विरोधका कार्यक्रम सञ्चलन गरिने ज्ञापनपत्रमा जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker