शुक्लागण्डकीमा विश्व हिन्दु महासंघको सचेतना तथा शुभकामना आदन प्रदान
भञ्ज्याङ न्यूज

विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर समितिले राष्ट्रिय जनगाणना २०७८ सचेतना एवं शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । सोमबार शुक्लागण्डकी नगरपालिका-५, झरौटामा आयोजित कार्यक्रमका व्यक्ताहरुले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिए ।
महासंघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष शंकर खरालले विदेशी डलरसंग हिन्दु धर्म साटिने गरेकोमा चिन्ता व्यक्त गरे । उनले प्रकृतिको पुजा सबैले गर्ने भएकाले योे कुनै धर्म नभएको प्रष्ट पार्दै अहिले जारी जनगणामा धर्मको कोष्ठकमा हिन्दु धर्म लेख्न सुझाव दिए । उनले राजतन्त्रको विषयमा केहि नबोल्ने बताउँदै धर्म चिनारी र सम्पत्ति भएकाले राजनीतिक दलहरुका नेताहरुलाई धर्मको विषयलाई ख्याल ठट्टा नगर्न आग्रह गरेका थिए ।
महासंघका शुक्लागण्डकी अध्यक्ष नारायण घिमिरेले हिन्दु धर्मले कुनै भेदभाव नगरेको बताए। कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष बेदमणी शर्मा, महासंघका गण्डकी प्रदेश सचिव भानु भण्डारी, कोषाध्यक्ष विवेक खनाल, सल्लाहकार पवन मकाजु ,राप्रपा तनहुँ क्षेत्र नं २ की अध्यक्ष रामकुमारी भुषाल, नेपाली काँग्रेस शुक्लागण्डकीका सभापति गोपीबहादुर गुरुङ, शुक्लागण्डकी नगरपालिका-८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी, आदिवासी जनजाति महासंघ शुक्लागण्डकीका अध्यक्ष विमल जिसी, तीनखोले देवी मन्दिर पुजा व्यवस्थापन समितिका अध्यक्ष श्रीराम अधिकारी, महासंघका उपाध्यक्ष विजया अधिकारी, पदम बराल लगायतले असक्षम नेतृत्वका कारण हिन्दु धर्म कमजोर बनेको बताएका थिए ।










