व्यास नगरपालिकालाई रोटरी क्लवले दियो पीसीआर मेशिन, अब दमौलीमै कोरोना परीक्षण गर्न सकिने

  • भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्लाको व्यास नगरपालिकालाई रोटरी क्लव इन्टरनेशनलले पोर्टेवल पीसीआर मेसिन उपलब्ध गराएको छ । नगरक्षेत्रभित्र समुदायमा कोभिड-१९ संक्रमण देखिन थालेसंगै आपतकालिन अवस्थामा पीसीआर परीक्षण गर्न सहज बनाउने उद्देश्यले रोटरीले उक्त मेसिन हस्तान्तरण गरेको बताइएको छ।

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई तत्काल परीक्षण गर्न मिल्ने पोर्टेबल पीसीआर मेसिन हस्तान्तरण गरेका थिए ।

उक्त मेशिन नगरपालिकाले नै परीक्षणका लागि प्रयोग गर्ने कि दमौली अस्पताललाई जिम्मा दिने भन्ने विषय छलफलमै रहेको नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए । आपतकालिन अवस्थामा यो उपयोगमा ल्याइने छ । मेशिनले ३ घण्टामा ८ जनासम्मको नतिजा दिने बताइएको छ ।

यस्तै, नगरपालिकामै दक्ष्य स्वास्थ्य जनशक्तिबाट प्रयोगशाला सञ्चालन गर्न सकिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, ‘गम्भिर प्रकृतिका बिरामीको तत्काल रिपोर्ट चाहिएको अबस्थामा मेशिन उपयोगी हुने देखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker