पालिकाको शिक्षा सुधारका लागि दिल्लीका नमूना विद्यालय भ्रमण

भञ्ज्याङ समाचारदाता/तनहुँ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाको शिक्षा सुधारका लागि अनुभव आदानप्रदान गर्ने उद्देश्य सहित भारतको दिल्लीस्थित नमूना विद्यालयको भ्रमण गरेको छ ।

गाउँपालिकाले अगाडी सारेको शैक्षिक सुधार अभियान अन्तर्गत दिल्लीका नमूना विद्यालयको भ्रमण गरी त्यहाँको असल अभ्यासको सिकाइ गर्न खोजिएको हो । म्यान भ्यालुज एण्ड ट्रान्सफर्मेटिभ लर्निङ दिल्लीको निमन्त्रणामा गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको नेतृत्वमा वैशाख २२ देखि २६ सम्म विभिन्न विद्यालयको भ्रमण गरिएको छ ।

नयाँ दिल्लीमा अरविन्द केजरीवालको सरकारले अभ्यास गरेका विभिन्न विकासका मोडलहरु नजिकबाट अवलोकन गर्ने र त्यसबाट सिक्ने भ्रमणको मुख्य लक्ष्य रहेको चुमानले बताए । उनले भने, ‘विशेषत शिक्षा क्षेत्रमा गरेको अभ्यासले हामीलाई निकै प्रभावित बनायो । विद्यार्थीलाई विद्यालय स्तरको अध्ययन पूरा गरेपछि उद्यमी बनाउन बनाउन उधमशिलता सिकाइ कक्षा, हरेक संकायमा प्रयोगशाला प्रयोगात्मक सिकाइ जस्ता शिक्षण सिकाईले हामीलाई प्रभावित बनायो ।’

भ्रमणमा पालिकाले सुरु गरेको विद्यालय रुपान्तरण अभियान र स्कूल अफ एक्लेन्स सेक्टर-२३, रोहिनी तथा स्कूल अफ एक्सलेन्स सेक्टर ८, रोहिनीका प्रधानाध्यापक तथा शिक्षकहरुसँग अन्तरक्रिया गरिएको छ । भ्रमणबाट सिकेका भौतिक, आर्थिक, शिक्षण सिकाइ, प्रयोगात्मक शिक्षण लगायतलाई पालिकाले अनुसरण गर्ने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker