भानुभक्त क्याम्पसमा चार्टर्ड एकाउन्टेन्सी अध्ययन तथा पेशाबारे परामर्श

दमौली : तनहुँको दमौलीस्थित आदिकवि भानुभक्त भानुभक्त क्याम्पसको आयोजनामा नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन तथा पेशासम्बन्धी पेशा परामर्श कार्यक्रम आइतबार दिउँसो क्याम्पसको सभाहलमा गरिएको छ ।

कार्यक्रम नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (द इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल–आईक्यान) पोखरा शाखाको सहयोगमा आयोजना गरिएको हो। कार्यक्रममा सीए अध्ययनप्रति विद्यार्थीहरूको चासो अभिवृद्धि गर्ने उद्देश्यले सीए शिक्षा प्रणाली, पाठ्यक्रम संरचना, अध्ययन खर्च, चुनौती र अध्ययनपछि उपलब्ध हुने करियर अवसरबारे विस्तृत जानकारी दिइएको थियो ।

कार्यक्रमका सहजीकरणकर्ता सीए अनिल थापा र आईक्यान पोखरा शाखाका प्रमुख करण गुरुङले चार्टर्ड एकाउन्टेन्सी अध्ययनको महत्व, नेपालमा सीए अध्ययनको अवस्था, प्रवेश प्रक्रिया, अध्ययन अवधिमा आवश्यक पर्ने लगानी तथा सीए उत्तीर्णपछि निजी तथा सरकारी क्षेत्र, बैंक–वित्तीय संस्था, अडिट फर्म, कर परामर्श र अन्तर्राष्ट्रिय रोजगारीका अवसरहरूबारे विद्यार्थीहरूलाई अभिमुखीकरण गराएका थिए। उनीहरूले सीए अध्ययन कठिन भए पनि अनुशासन, निरन्तर मेहनत र सही मार्गदर्शन भए सफल करियर निर्माण गर्न सकिने धारणा राखेका थिए ।

कार्यक्रम क्याम्पस प्रमुखको अध्यक्षता आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले कक्षा १२ पछि विद्यार्थीहरूले करियर छनोट गर्दा रुचि, क्षमता र भविष्यका सम्भावनालाई ध्यानमा राख्नुपर्नेमा जोड दिएका थिए। विशेषगरी व्यवस्थापन र विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूका लागि चार्टर्ड एकाउन्टेन्सी एक आकर्षक र प्रतिष्ठित पेशा भएको उल्लेख गरिएको थियो ।

कार्यक्रममा आदिकवि भानुभक्त माध्यमिक विद्यालयमा कक्षा १२ मा व्यवस्थापन तथा विज्ञान समूहमा अध्ययनरत दुई सय जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले सीए अध्ययनसम्बन्धी जिज्ञासा राख्दै उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

कार्यक्रमले विद्यार्थीहरूलाई सीए अध्ययन र पेशाबारे स्पष्ट जानकारी दिई भविष्यको करियर योजना बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker