बुल्दीखोलाको कटान नियन्त्रण गर्न ग्याबिन पर्खाल

तनहुँ : तनहुँको व्यास नगरपालिकाको शिसाखोला–बुल्दीखोला, छबिसेदेखि घाँसीकुवासम्म नदीले कटान हुने जोखिम क्षेत्रमा संरक्षणका लागि ग्याबिन पर्खाल निर्माण गरिएको छ । व्यास नगरपालिका–११ र १२ को छबिसेको बाँधदेखि बुल्दीखोला किनारसम्म डेढ किलोमिटर दूरीमा पर्खाल निर्माण गरिएको हो ।
उक्त स्थानमा पर्खाल निर्माण गर्दा डेढ हेक्टर जमिन उकासिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख मोहनराज आचार्यले जानकारी दिए । उनले भने, “नदी कटानका उच्च जोखिम भएका क्षेत्रमा वाल निर्माण कार्यले छवटा सिँचाइ योजनाका बाँध संरक्षण र खेत कटान नियन्त्रणमा सहयोग पुगेको छ ।”
करिब २० मिटर नदीको भाग छाडेर ग्याबिन पर्खाल निर्माण गरिएको छ, जसले खेतीयोग्य जमिन संरक्षणमा सहयोग मिलेको छ । “गत वर्ष असार महिनामा सम्झौता भएको र वर्षायामका कारण निर्माण कार्य अघि बढाउन सकिएको थिएन”, उनले भने, “चालु आर्थिक वर्षको मंसिर महिनाबाट काम सुरू गरी निर्माण कार्य सम्पन्न गरिएको छ ।”
पर्खाल निर्माणको जिम्मा मनकामना गुरुङ निर्माण सेवाले पाएको छ । उक्त निर्माण कम्पनीले रु एक करोड २५ लाखमा ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो । उनले भने, “यस वर्ष निर्माण कम्पनीलाई रु ९० लाख विनियोजन गरिएको छ, बाँकी रु ३५ लाख आउँदो वर्ष भुक्तानी गर्ने योजना रहेको छ ।”
कार्यालयबाट सम्झौता गरी निर्माणका चरणमा रहेका ७६ योजनामध्ये पाँच योजनाको निर्माणसम्पन्न भइसकेको छ, सालबसालीका योजना बजेटअनुरूप सबै सम्पन्न गरिनेछ । बहुबर्षीय र स्रोत सुनिश्चित नभएकाबाहेक ९५ प्रतिशत योजना सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिइएको कार्यालय प्रमुख आचार्यले बताए ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker