तनहुँको देवघाट-१ कोटामा प्राङ्गारिक खेती प्रयोगात्मक तालिम

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको देवघाट गाउँपालिका-१ कोटामा एकीकृत कृषि नमुना केन्द्रले गाउँपालिकाको सहयोगमा नौ दिने प्राङ्गारिक खेती प्रयोगात्मक तालिम सम्पन्न गरेको छ । तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले गाउँपालिकाको बिकास हरेक क्षेत्रमा भइरहेको बताए ।

उनले प्राङगारिक उत्पादन मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताउँदै आफ्नो क्षेत्रमा फर्म सुरुवात गरिएकाले सो फर्मका लागि सक्दो सहयोग र संरक्षण गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघको अध्यक्ष र भान्छा नै औषधालयको प्रवर्तक अभियन्ता रोमलाल गिरीले फार्ममा प्राङ्गारिक खेतीको प्रयोगात्मक तरिकाबाट तालिम दिनुका साथै कम्पोष्ट मल, गड्यौला मल, हरियो मल उत्पादन गरिने बताए । साथै सो क्षेत्रमा सबै प्रकारका रैथाने वालीहरुको उत्पादन, खाद्यन्न तरकारी जडिबुटी र फलफूल तयार हुने उनिहरुले बताए ।

देवघाट-१ का वडा अध्यक्ष भिम बहादुर गुरुङले कोटमा रहेको ६० रोपनी क्षेत्रसफलमा फार्म रहेको बताउदै आगामी दिनमा अर्गानिक उत्पादन क्षेत्रलाई वृद्धि गरी बजार व्यबस्थापन गरी कृषकहरुको आर्थिक स्तर वृद्धि गराउन लागि पर्ने बताए ।

प्राङगारिक कृषि मिसन समिति र एकीकृत कृषि नमुनाको सहकार्यमा आठ हजार प्रकारका खानेकुराका पहिचान र प्रयोग गर्नका लागि देवघाट क्षेत्रमा नेपालकै पहिलो र नमुना प्राङगारिक नमुना र्फम बनाउन लागिएको जानकारी गराए ।

प्राङगारिक कृषि मिसन समितिका अध्यक्ष देव बहादुर गुरुङको अध्यक्षता आयोजित कार्यक्रममा वडा नं. १ की सदस्य नानुमाया बि.क., बगमाया गुरुङ, देवघाट गाउँपालिका स्तरीय उपाध्यक्ष जुलिमाया सारु, स्थानीय युवा समिर गुरुङ लगायतले प्राङगारिक खेतीको महत्वका विषयमा चर्चा गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker