थप ८ हजार १७ मा कोरोना संक्रमण पुष्टि

रासस/दमौली

देशभर पछिल्लो २४ घण्टामा थप आठ हजार १७ मा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ को नमूना परीक्षण गरिएको थियो । पन्ध्र हजार ७३६ को पीसीआर र छ हजार ७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पाँच हजार २९२ कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या आठ लाख ३७ हजार चार पुगेको छ । निको हुने दर ८९ दशमलव एक प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख २२ हजार ८३८ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५१ लाख ८५ हजार ७०४ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या नौ लाख ४७ हजार ३१७ पुगेको छ । कूलमा संक्रमण दर १८ दशमलव एक प्रतिशत छ ।

कोभिडविरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा पाँच लाख ५४ हजार ५६६ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रति १० लाख जनसंख्यामा मृत्युदर ३८४ दशमलव सात रहेको छ ।

हाल भेन्टिलेटरमा रहनेको संख्या ४९ र आइसियुमा २५७ रहेको छ । होम आइसोलेसनमा ८८ हजार ६४२, संस्थागत आइसोलेसनमा एक हजार ९३४ र क्वारेन्टिनमा १४९ जना रहेका छन् । हाल देशभरमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके रुपन्देही, दाङ र कैलाली रहेका छन् ।

दुइ सयभन्दा बढी उपचार्रार्थ संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सर्लाही, सिरहा, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, गोरखा, स्याङ्जा, बागलुङ, पाल्पा, गुल्मी, बर्दिया, सुर्खेत र कञ्चनपुर छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३८ हजार ८५९, ललितपुर १० हजार ३९० र भक्तपुरमा पाँच हजार ६१४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker