छङ्गेली नेवा खलको १५औं साधारण सभा सम्पन्न
भञ्ज्याङ समाचारदाता (दमौली)

छङ्गेली नेवा खल दमौलीले शनिबार १५औं साधारण सभा सम्पन्न गरेको छ । गुठीका वयोवृद्ध ९१ वर्षीय श्रीप्रसाद श्रेष्ठले साधारण सभकोको उद्घाटन गर्दै आफ्नो समुदायको भाषा, संस्कृति, रितिरिवाक्ष संरक्षण, प्रवर्द्धन तथा नयाँपुस्तालाई हस्तान्तरण गर्न ध्यान दिन आग्रह गरेका थिए।
छङ्गेली नेवा खलका सभापति शुकनारायण मल्लको अध्यक्षतामा आयोजित साधारणसभामा तनहुँ उद्योग वाणिज्य संघका महासचिव इमकुमार मल्ल, भूपू सैनिक क्लवका अध्यक्ष क्या. सूर्ज कुमार मल्ल, तनहुँ नेवा खलका अध्यक्ष क्या. तारालाल मल्ल, खलका वरिष्ठ उपाध्यक्ष शेर कुमार कायस्थ, सचिव चन्द्रकुमार कायस्थ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यस्तै, कोषाध्यक्ष नारायण मल्ले करिब ८ लाख १५ हजार रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।