संविधान दिवसको अवसरमा निवन्ध लेखन प्रतियोगिता
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले संविधान दिवसको अवसरमा आयोजना गरेको अन्तर विद्यालय स्तरीय निवन्ध लेखन प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । विहीबार नगरपालिकाको हलमा एक कार्यक्रम आयोजना गरी विजेतालाई पुरस्कार वितरण गरेको हो ।
प्रतियोगितामा प्रथम हुने सत्यवति माध्यमिक विद्यालयका विपिन श्रेष्ठलाई नगद रु ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै द्धितीय हुने सत्यवति माध्यमिक विद्यालयकै सचिन श्रेष्ठलाई रु ४ हजार सहित प्रमाण पत्र र तृतिय हुने जनजुक्त शाही माध्यमिक विद्यालयकी सन्जिता परियारलाई रु ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा विजेतालाई जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नगरप्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वितरण गरेका थिए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख वाग्लले संविधान कार्यान्वयनमा सबैले आ आफनो ठाँउबाट सहयोग गर्नुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीको सभापतित्वमा आयोजित कार्यक्रममा शिक्षा शाखाका निमित्त प्रमुख नविन पराजुलीले संचालन गरेका थिए भने शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवरज जमरकटेलले स्वागत गरेका थिए ।