तनहुँका चार पालिका कोरोना संक्रमणको उच्च जोखिममा (विवरण सहित)

भञ्ज्याङ न्यूज

तनहुँमा दोस्रो लहरको कोरोना भाइरस संक्रण दर अझै घट्न सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै निषेधाज्ञा जारी गरिएतापनि जिल्लाका ४ पालिका कोरोना संक्रमणका हिसावले उच्च जोखिममा राखेको छ।

समुदायस्तरमै कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका र बन्दिपुर गाउँपालिकालाई स्वास्थ्य कार्यालय तनहुँले संक्रमणको उच्च जोखिममा राखेको हो । जिल्लाका १० पालिकामध्ये यी ४ पालिकामा संक्रमण दर उच्च रहेको देखाइएको छ। यस्तै, भानु, भिमाद, घिरिङ, ऋषिङ, देवघाट र आँवुखैरेनीलाई मध्यम जोखिममा राखिएको छ ।

व्यासमा ७७९ जनाको ऐन्टिजिन र एक हजार १३२ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा एक हजार ८२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये ९०९ जनामा संक्रमण निको भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए । त्यस्तै, शुक्लागण्डकीमा ४७८ जनाको ऐन्टिजिन र एक हजार ५४३ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा ९३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये ७७५ जनामा संक्रमण निको भएको छ ।

भिमादमा ५५२ जनाको ऐन्टिजिन र ३५३ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा ४३१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये ४०७ जनामा संक्रमण निको भएको कार्यालयको तत्थांकमा उल्लेख गरिएको छ । बन्दिपुरमा ३९७ जनाको ऐन्टिजिन र २६१ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा २२६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये २०४ जनामा संक्रमण निको भएको छन् ।

भानु नगरपालिकामा ८२ जनाको ऐन्टिजिन र ३८४ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा २३४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये २०८ जना निको भएका छन् । त्यस्तै, म्याग्दे गाउँपालिकामा ४५ जनाको ऐन्टिजिन र ८९३ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा ३०१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये २३५ जना निको भएको छन् ।

घिरिङ गाउँपालिकामा १६१ जनाको ऐन्टिजिन र १७८ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा १२६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यी मध्ये ११९ जना निको भएका छन् । रिसिङ्ग गाउँपालिकामा ४५ जनाको ऐन्टिजिन र ८९३ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा ३०१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये २३५ जना निको भएको छन् ।

देवघाट गाउँपालिकामा १९५ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा ४२ जनाको रिपोर्ट पोजेटिभ आएको र संक्रमितमध्ये ३९ जना निको भएको छन् । आँबुखैरेनी गाउँपालिकामा ११२ जनाको ऐन्टिजिन र १५७ जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएकोमा ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यी मध्ये ७० जना निको भएका छन् ।

कार्यालयका अनुसार १० वटै पालिकामा ३ हजार ५३१ ऐन्टिजिन र ५ हजार २४८ नमुना पिसिआर परीक्षण गरी ८ हजार ७७९ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ५१७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । ‘कुल संक्रमितमध्ये ३ हजार २४ जना निको भएका छन् भने जिल्लामा अहिले ४०४ जना संक्रिय संक्रमित छन्’, कार्यालयका प्रमुख अधिकारीले भने, ‘संक्रिय संक्रमितमध्ये होम आइसोलेशनमा ३९३ जना र ११ जना आइसियु, एचयुडि र संस्थागत आइसोलेशनमा उपचारत छन् ।’ दोश्रो लहरको कोरोना संक्रमणबाट ८९ जनाको मृत्यु भएको छ ।

जिल्लका १० वटै पालिकाका २२ हजार २४० जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् भने ५ हजार २२९ जनाले मात्र दोश्रो मात्राको खोप लगाउन पाएको प्रमुख अधिकारीले बताए । अत्यावश्यक सेवाका लागि भनेर जिल्लामा १९५ वेडको १२ वटा कोभिड अस्पताल, ७ वटा आइसियु कक्ष, ४ वटा भेन्टिलेटर, ३७८ वटा अक्सिजन सिलिन्डर र २९ वटा एम्बुलेन्सको व्यवस्थापन गरिएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्दा सार्वजनिक यातायातका साधान समेत सञ्चालनमा आउन थालेका छन् भने लगभग सबै क्षेत्र अहिले खुल्दै जाँदा जनजीवन सहज बन्दै गएको छ । निषेधाज्ञा खुकुलो बन्दै गएपछि नागरिकस्तरबाट लापरवाहीजन्य गतिविधि भएको र व्यवसायीहरुले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा लापरवाही गर्दा कोरोना संक्रमण फैलने खतरा बढ्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker