दमौलीमा मानसिक स्वास्थ्य जागरूकता प्रशिक्षण
भञ्ज्याङ न्यूज

रोटर्याक्ट क्लब अफ दमौलीले मानसिक स्वास्थ्य जागरूकता प्रशिक्षण कार्यक्रम गरेको छ । क्लबले दमौली वरपरका १० वटा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरुलाई उक्त प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा व्यस नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानसिक स्वास्थ्य शारीर स्वास्थ्य भन्दा अगाडी भएको हुँदा मानसिक स्वास्थ्यको बढी महत्व रहेको बताए । उनले कुनै पनि मानिस मानसिक रुपमा सहि हुँदैन भने उ अन्य कुनैपनि काम गर्न सक्षम नहुने बताए ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट क्षेत्रीले मानसिक स्वास्थ्य ठिक नभएका व्यक्ति नकारात्मक बाटो तर्फलाग्ने भएकाले समयमै पहिचान गरी सहि मार्गमा ल्याउन नजिकमा आफन्त वा साथिभाईले सहयोग गर्नुपर्ने बताए ।

यस्तै व्यास-३ का वडाअध्यक्ष अनुप रानाले मानसिक रोगको संख्या बढ्दै गएकाले यस्ता मनोपरामर्श मुलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताए ।
प्रशिक्षण कार्यक्रममा कोशिस तनहुँले सहयोग गरेको थियो । कोशिस तनहुँबाट सिता भण्डारीसंगै कोशिसका कार्यक्रम संयोजक महेन्द्र आचार्यले प्रशिक्षण दिएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा दमौलीका विभिन्न विद्यालयका एक सय भन्दा बढी शिक्षक शिक्षिकासंगै विद्यार्थीको रहेको कार्यक्रम संयोजक उमेश पौडेलले बताए ।











