तनहुँ विद्युतीकरण आयोजनाबाट बीस हजार घरधुरी लाभान्वित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ विद्युतीकरण आयोजनाबाट बीस हजार एकसय घरधुरीका झण्डै एक लाख बढी मानिस प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाका दश पालिकामध्ये ऋषिङ्, घिरिङ्, आँबुखैरेनी, बन्दिपुर, व्यास, देवघाट र भीमाद नगरपालिकासहित सात पालिकाका मानिस लाभान्वित भएका हुन् ।

तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित भएका क्षेत्रका मानिस लामो समयदेखि अन्धकारमय जीवन बिताउँदै आएकोमा घरघरमा बिजुली पुगेपछि खुसी भएका छन्। आयोजनाबाट प्रभावित क्षेत्रमा तनहुँ विद्युतीकरण आयोजनाले विद्युतीयकरणको जिम्मा पाएपछि बिजुली विस्तार गरिएको हो ।

आयोजनाले करिब चार वर्षमा त्यसक्षेत्रमा विद्युत् विस्तार गरेको तनहुँ विद्युतीकरण आयोजनाका इञ्जिनीयर कपिल पाण्डेले जानकारी दिए । आयोजनासँग गरेको सम्झौता अवधि समापन हुँदै गर्दा आफ्नो जिम्मामा रहेको काम सम्पन्न गरेको उनले बताए । आयोजनाबाट प्रभावित क्षेत्रमा विद्युतीकरणको जिम्मा पाएको उक्त आयोजनाले सम्झौता अवधिभित्र काम सम्पन्न गरेको हो । बन्दिपुरको साराङ्गघाट र घिरिङमा दुइ वटा सवस्टेशन निर्माण गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबाट घिरिङग र आँबुखैरेनी गाउँपालिकाको सत्रसयबाट साराङघाटको सवस्टेशनमा ३३ केभी लाइन जोड्नको लागि वातावरणीय अध्ययन गर्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

करिब एक महिनाभित्र बाँकी रहेका सबै कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । तनहुँ विद्युत् प्राधिकरण तनहुँले यही आर्थिक वर्षको आसारमसान्तभित्र तनहुँलाई अन्धकारमुक्त बनाउने लक्ष्य लिएको प्राधिकरणका निमित्त प्रमुख एवं इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker