म्याग्दे गाउँपालिका-३ को वडा कार्यालय भवन शिलान्यास

  • भञ्ज्याङ समाचारदाता (म्याग्दे)

तनहुँको म्याग्दे गाउँपालिका-३ को वडा कार्यालय भवन निर्माण कार्य अगाडि बढाइएको छ । वडा कार्यालय भवनको सोमबार शिलान्यास गर्दै गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले राजनीतिक हिसाबले नभै आवश्यकताको आधारमा बिकास गर्ने गरेको बताइन । उनले विकास निर्माणका काममा राजनीति नगरी सबै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले विकासका काममा गाउँपालिका तीव्र गतिमा अगाडि बढेको र आँफुहरू जनप्रतिनिधि भएर आएपछि र अघि भएको काम हेरेर मूल्याङ्कन गर्न आग्रह गरे । यस्तै, भवनका लागि जग्गा दिएका तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डितले आफू यही ठाउँको भएको र हाल बसाइको शिलसिलामा दुलेगौंडा रहेको भए पनि बुवाका पालादेखि सामाजिक सेवा र भावनाको छाप रहि आएको चर्चा गर्दै त्यही मान्यतामा रहेर वडा कार्यालयलाई जग्गा दान गरेको बताए ।

समाज विकासका लागि सकारात्मक सोच चाहिने भन्दै पण्डितले समाजमा एक रूपयाँ सहयोग नगर्नेले हिसाब खोज्ने गरेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले नगरपालिकाले गर्ने बराबरको काम गाउँ पालिकाले गरेको बताए । भ्याट बाहेक ४५ लाख ३० हजार ९३० रूपयाँमा ठेक्का सम्झौता भएको र वडा कार्यालय भवन हल सहित ४ कोठे बन्ने गाउँपालिकाले जनाएको छ ।

वडा अध्यक्ष श्रीबहादुर थापामगरको अध्यक्षतामा आयोजित कार्यक्रममा छिमेकी वडा अध्यक्ष पद्मराज वाग्ले, प्रेमबहादुर थापा, रामकृष्ण विक, रत्ना घिमिरे, पुर्णचन्द्र घिमिरे, केशव घिमिरे, उपेन्द्र घिमिरे, भिमकुमारि मगर, नवराज घिमिरे, सुरेन्द्र अधिकारी, वलराम भट्टराइ, राधाकुमारी घिमिरे, मोहनसिंह खड्का लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए । यस्तै, कार्यक्रममा जग्गा दाता कृष्णराज पण्डित दम्पतीलाई सम्मान गरिएको थियो । उनले झण्डै एक करोड पर्ने तीन आना जग्गा भवनका लागि दान गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker