अपाङ्गता भएका व्यक्तिलाई हि्वलचियर सहयोग
भञ्ज्याङ समाचारदाता/दमौली

नेपाल कुमाल समाज सुधार समिति जिल्ला कार्य समिति तनहुँले अपाङ्गता भएका व्यक्तिलाई हि्वलचियार प्रदान गरेको छ। शुक्लागण्डकीको लोकदीटारका ७६ वर्षीय गोपाल बहादुर कुमाललाई एक थान हि्वलचियर प्रदान गरिएको समाजका अध्यक्ष आलोक कुमालले बताए ।
अपाङ्गता भएका कारण हिड्डुल गर्न निकै असहज भएकाले आठौं तनहुँ महोत्सवबाट जातीय घर निर्माणका लागि प्राप्त २५ रुपैयाँबाट बचत गरी उक्त हि्वलचियर खरिद गरिएको अध्यक्ष कुमालले बताए ।










