तनहुँमा कोरोनाबाट मृत्यु भएकालाई ६८ लाख ५० हजार राहत वितरण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँले ६८ लाख ५० हजार रुपैयाँ राहत वितरण गरेको हो । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई ५० हजार रुपैयाँ राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षा उक्त राहत रकम वितरण गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए।

प्रमुख अधिकारीका अनुसार तनहुँ जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएका १३७ जनाले ५० हजार रुपैयाँका दरले राहत रकम बुझिसकेका छन् । उनले भने, ‘जिल्लामै बसोवास गर्ने १३५ जना र तनहुँ ठेगाना भएका तथा अन्यत्र बसोवास गर्दै आएको २ जना गरी १३७ जनालाई राहत रकम उपलब्ध गराइएको छ ।’

‘जिल्लामा कोरोनाले मृत्यु भएको संख्या १३५ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो’, उनले भने, ‘हालसम्म सबै प्रक्रिया पुगेका १३७ जनालाई दियौं ।’

गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशका मृतकका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय अनुसार जिल्लामा कोरोनाका कारण मृत्यु भएका १३७ जनाका परिवारलाई ६८ लाख ५० हजार रुपैयाँ राहत रकम प्रदान गरिएको हो । सर्म्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी-खोजी राहत दिएको प्रमुख अधिकारीले बताए ।

स्वास्थ्य कार्यालयले ५० हजार राहत रकम दिए पनि तनहुँका केही पालिकाले समेत मृतकका परिवारलाई राहत रकम दिएका छन् । पालिकाको राहत विवरण स्वास्थ्य कार्यालयलाई नआउने भएकाले कुन पालिकाले कति राहत दियो भन्ने थाहा नभएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker