भानु नगरपालिकामा ट्याक्टरबाट खसेर युवतीको मृत्यु
भञ्ज्याङन्युज
तनहुँको भानु नगरपालिका-९ स्थित डुम्रीखर्कमा गुड्दै गरेको ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँकी २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ ।
ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएकी श्रेष्ठको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुषालले बताए । उनका अनुसार गएराति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर श्रेष्ठ घाइते भएकी थिइन् । ट्याक्टर र चालकलाई नियन्त्रण लिई प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।










