नेकपा माओवादी केन्द्र बन्दिपुर-२ को अध्यक्षमा कुवँर चयन

भञ्ज्याङ समाचारदाता/बन्दिपुर

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बन्दिपुर गाउँपालिका-२ को भेला सम्पन्न भएको छ । भेलाले तिलक बहादुर कुवर अध्यक्षका नयाँ वडा कार्यसमिति चयन गरेको छ । वडा सचिवमा दिपक विश्वकर्मा चयन भएका छन भने सदस्यहरुमा शुक बहादुर मगराति, मिनाकुमारि बानियाँ, शरण विक, शान्तिराज बैरागि, दिवस पौडेल, दिपक थापा, राजेन्द्र भट्ट, कृष्ण साही, सुनिल कुवर, बिपिन साही, चन्द्र बहादुर थापा, दिलिप आले, बुद्धि गुरुङ, मधु नेपाली, प्रेम बहादुर बानियाँ, मिना गुरुङ, सन्तोष कुवर, बुद्धि बहादुर गुरुङ, पदम बहादुर गुरुङ र ५ जना पछी थप्ने गरी २९ जनाको वडासमिति बनाइएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य हेमराज लामिछाने (क्षितिज), नेकपा माओवादी केन्द्र जिल्ला सदस्य तथा बन्दिपुर पार्टी सचिब जीवन कायस्थ, कम्युनिस्ट नेता खुमबहादुर कुवर, नेकपा माओवादी केन्द्र जिल्ला सदस्य एवं वडा नम्बर २ का इन्चार्ज सुदिन पौडेल लगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए । तिलकबहादुर कुवरको अध्यक्षता भएको कार्यक्रममा जनमुक्ति सेनाहरुलाई सम्मान समेत गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker