प्रदेश अस्पताल दमौलीका अध्यक्ष वाग्लेद्वारा पदभार ग्रहण

दमौली : प्रदेश अस्पताल दमौलीका व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष कमलामोहन वाग्लेले बिहीबार पदभार ग्रहण गरेका छन्। सोही अवसरमा निवर्तमान अध्यक्ष एवं सदस्यहरुलाई बिदाइ समेत गरिएको छ ।

अस्पताल प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका सदस्य सचिव डा. परिवर्तन बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका निर्वतमान पदाधिकारीहरु जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कोलेनिका प्रमुख अशोक खनाल लगायतको सहभागितामा पदभार ग्रहण तथा निवर्तमान अध्यक्ष एवं सदस्यहरुलाई विदाई गरिएको थियो ।

डा. बरालले अस्पतालको परिचय, उपलव्ध सेवा, गत तीन वर्ष सहित चालु आर्थिक वर्ष हालसम्मको प्रगती, कर्मचारी विवरण लगायतका विषयमा जानकारी गराएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker