वर्षायाम लागेसंगै व्यासको पाटन क्षेत्रका बासिन्दा चिन्तित

भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिका-५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरू चिन्तित भएका हुन् । बस्तीदेखि करिव ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । “अहिले नगरस्थित भतेरीमा तटबन्ध निर्माण गर्न लागेपछि सिधैं पाटन क्षेत्रमा असर पर्ने देखिन्छ” उहाँले भन्नुभयो ।

मादी नदी कटानका कारण त्यसक्षेत्रका करिब ६६३ घरधुरी जोखिममा परेका हुन् । नगरको चौध वडामध्ये बाह्र वडा मादी नदीवारी र दुइ वडा मादी नदीपारी पर्दछन् । वर्षात् हुन थालेपछि नदी किनार आसपासका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो ।

नदीकटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत जोखिममा पर्ने देखिएको छ । यदी समयमै यसतर्फध्यान नदिए करोडौको क्षति व्यहोर्नुपर्ने बताइन्छ । त्यस क्षेत्रमा पर्ने वृद्धाश्रम, भजनकीर्तन भवन, गुरुकूल आश्रम, पाटन खेलकूद मैदान, पाटन पराशर पार्क, भूपु भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालय लगायतको संरचनामा क्षति पुग्ने देखिएको हो ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रति जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker