तनहुँको भानुमा युनेस्को क्लव राष्ट्रिय महासंघको १२औं अधिवेशन

भञ्ज्याङ न्यूज

युनेस्को क्लव राष्ट्रिय महासंघको १२औं महाधिवेशन तनहुँको भानु नगरपालिका-३ खहरेमा सुरु गरिएको छ । महासंघका केन्द्रीय अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षता आयोजित महाधिवेशनको गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दोबाटे विकले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

महाधिवेशन उद्घाटन समारोहमा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल लगायतले क्लवले सामाजिक क्षेत्रमा खेलेको भूमिका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए।

यस्तै, महाधिवेशन उद्घाटन समारोहमा स्थानीय समुदायको पहिचान झल्कने साँस्कृतिक झाँकी, गीत तथा नृत्य प्रस्तुत गरी स्वागत गरिएको थियो । मगर समुदायको कौरा, नेवा समुदायको लाखे, व्राम्हण समुदायको भजन, गुरूङ समुदायको घाँटु नाच तथा आमा समुहका साँस्कृतिक प्रस्तुति गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय एजेन्सीको रूपमा रहेको युनेस्को मातहतमा यसका कार्यक्रमहरू समुदायस्तरमा पुर्‍याउनका लागि गठित क्लबहरूको साझा संस्थाको रूपमा युनेस्को क्लबलाई लिइने अध्यक्ष त्रिपाठीले बताए । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन भएकोले शिक्षा क्षेत्रसँग सम्बद्ध धेरै विषयहरू रहेको उनले बताए।

महाधिवेशनको अंगको रूपमा रहेको शैक्षिक अन्तरक्रिया कार्यक्रम आज आइतबार बिहान भानु नगरपालिकाको सेवा प्रवाह कार्यालय भन्सारमा आयोजना गरिएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा विद्यालय स्तरमा सञ्चालन हुने ग्रिन, क्लिन एण्ड सेफ सम्बन्धी कार्यक्रम तथा युनेस्कोका अन्य गतिविधिहरू, क्लब निर्माण प्रक्रिया र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सहकार्यका विविध विषयमा छलफल गरिने भानु नगरपालिकाका शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी गराए।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker